धरान–१४ स्थित दुई धारेबाट दक्षिणतर्पm रहेको नरसिंह भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भइरहेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ ।
भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भइरहेको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । पछिल्लो समय देशमा सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यस्ता घटना देशका विभिन्न भागमा देखिएका छन् ।
देशकै राजधानीमा पनि राजनीतिक नेता र उच्च ओहोदामा रहेका कर्मचारीहरूको मिलोमतामा सार्वजनिक जग्गा व्यक्तिका नाममा लगेर अपचलन गरिएका घटना सार्वजनिक भएका छन् । यस्ता घटनाका समाचारहरू देशका अन्य भागबाट पनि बेला–बेलामा आउने गरेका छन् ।
यस्ता घटनाहरूले हाम्रो देशका नेता र उच्च ओहोदामा पुगेका कर्मचारीहरूको मानसिकतालाई बुभ्mन सघाउँछन् ।
कतिपय घटनामा सामान्यजन पनि जोडिने गरेका छन् । यो असल संस्कार र प्रवृत्ति अवश्य पनि होइन ।
धरानमै पनि केही समयअघि महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्ने प्रयास गरिएको थियो । ज्ञान विस्तार गर्ने पवित्र कार्यका लागि शैक्षिक संस्थालाई दाताले दानस्वरूप प्रदान गरेको जग्गा पनि हडप्न खोज्ने प्रयास कुनै पनि अर्थमा उचित थिएन । सिङ्गो धरानवासीको विरोधपछि अहिले सो जग्गा क्याम्पसकै नाममा कायम भएको छ ।
अहिले फेरि यस्तै प्रयास भइरहेको समाचार प्रकाशमा आउनु पक्कै पनि सुखद् विषय होइन । धरानको आचार्य परिवारले मन्दिरलाई दानमा दिएको धरान–६, पानबारीस्थित ७ का १० धुर जग्गा व्यक्तिका नाममा दर्ता गराउन प्रयास भइरहेको विषय सार्वजनिक भएको छ ।
सो जग्गाको कुत वर्षाैंदेखि मन्दिरले नै बुझिरहेको बताइएके छ । कुतबाट मन्दिरको पुजारीले भत्ता लिइरहेका थिए ।
अब गम्भीर प्रश्न खडा हुन्छ –सो जग्गा कुनै व्यक्तिको भएको भए अहिलेसम्म किन कसैले दावी गरेन ? नरसिंह भगवान्को मन्दिरले जग्गाको कुत वर्षांैदेखि बुझिरहेको प्रमाण मालपोत कार्यालयमा प्रस्तुत गरेको छ ।
जग्गालाई व्यक्तिका नाममा दर्ता गराउन धरान–६ नं. वडा कार्यालयले समेत भूmटो सर्जमिन गरेको मन्दिर संरक्षण समितिको दावी प्रकाशमा आएको छ । यो गम्भीर विषय हो । यस विषयमा सबै सचेत हुनु आवश्यक छ । सो जग्गा मन्दिरकै हो भने केही गरी पनि व्यक्तिका नाममा जान दिनु हुँदैन ।
जग्गादाताले सामाजिक भावनाबाट प्रेरित भएर समाजका लागि दान दिएको जग्गा व्यक्तिका नाममा जानबाट रोक्नु सिङ्गो समाजको दायित्व हो । त्यसैले यसका लागि नागरिकहरू एकजुट हुनुपर्छ । सरोकारवाला निकायहरूले पनि सत्यतथ्य बुझेर प्रमाणका आधारमा निर्णय गर्नु अपेक्षित छ ।
वडा कार्यालयले जानी बुझी भूmटो सर्जमिन गरेको हो भने यो जघन्य अपराध हो ।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो तर सार्वजनिक सम्पत्ति व्यक्तिका नाममा लैजाने कार्यमा वडा सरकार नै सहभागी हुनु गम्भीर अपराध हो । त्रुटि भएको हो भने यसलाई सच्याएर सो जग्गा मन्दिरकै नाममा कायम हुने गरी पहल गरिनु अपेक्षित छ ।