भगवान नाममा रहेको जग्गा हडप्ने चलखेल "वडा कार्यालयले गर्‍यो झुठा सर्जमिन"

  • जेठ १, २०८१
  • कोशीपत्र/संवाददाता
alt - केदार बस्नेत

धरान/ धरान–६ पानबारी स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको जग्गा व्यतिmको नाममा ल्याउनको लागि चलखेल भएको पाइएको छ ।

मन्दिरको नाममा रहेको उक्त जग्गा व्यतिmको नाममा ल्याउने चलखेल भएको चलखेल भएको श्री नरसिंह भगवान संरक्षक समितिका अध्यक्ष टोमप्रसाद आचार्यले जानकारी वताए । धरान–१४ दुई धारेमा रहेको नरसिंह भगवान मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएका थिए ।

व्यक्तिले आफ्नो नाममा दर्ता गर्न मालपोत कार्यालय धरान सुनसरीमा निवेदन दिइसकेको छ ।

गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरेपछि धरान–६ का लालबहादुर थापा मगरले उक्त जग्गा आफ्नो भएको भन्दै मालपोत कार्यालय धरान सुनसरीमा निवेदन दिएका हुन् । मगरले दिएको निवेदनका आधारमा साविक बाझगरा वडा नं. ३ क कित्ता नं. १२५ मा रहेको ७ कठ्ठा १० धुर जग्गामा लालबहादुर थापा मगरले दाबी गरेको भन्दै ३५ दिने सार्वजनिक सूचना मालपोत कार्यालयले प्रकाशित गरिसकेको छ ।

अहिलेको बजार मूल्य अनुसार ५ करोड भन्दा बढीको जग्गा भएको स्थानीय बताउछन् ।

५० फुटे मुख्य सडकमा रहेको उक्त जग्गा कम्तिमा प्रतिधुर ४ लाखका दरले विक्री हुने स्थानीय बताएका छन ।

मालपोत कार्यालयले सूचना प्रकाशित गरेपछि ‘हामीले पनि आफ्नो प्रमाणहरु लिएर मालपोत कार्यालयमा दाबी गरेका छौ’–आचार्यले वताए ।

उनले भने –‘बर्षाै अघि हाम्रो बाबु बाजेले नरसिंह भगवानलाई दान दिएको जग्गा अहिले व्यक्ति व्यक्ति मिलेर खान खोजिरहेका छन्, हामी त्यसो हुन दिदैनौ ।’

वर्षाैदेखि मन्दिरले नै त्यस जग्गाको कुत समेत बुझिरहेको छ, उक्त कुतबाट मन्दिरको पुजारीको भत्ता दिइरहेका छौ ।

अन्य कुनै व्यक्तिको जग्गा हुन्थ्यो भने अहिलेसम्म दाबी गर्न किन कोही आएन ?आचार्यले प्रश्न गरे ।

नापी कार्यालयमा रहेको फिल्डबुकमा कित्ता नं. १२५ को जग्गाधनी कैफियतको महलमा जग्गाधनी ‘लालबहादुर’ मात्रै लेखिएको छ । यसलाई प्रमाणित गर्न धरान वडा नं. ६ ले ‘लालबहादुर थापा मगर’ र ‘लालबहादुर’ एकै व्यक्ति भएको भनि प्रमाणीत समेत गरिदिएको छ ।

उसो त धरान–८ कि लक्ष्मीदेवी मगर्नीले समेत उक्त जग्गा आफ्नो बाजे लालबहादुर मगरको भएको दाबी गर्दै निवेदन दिएकी छन् । उनले २०७५ पुष १३ गते नै ८ नं. वडा कार्यालयबाट सर्जमिन गर्दै आफ्नो बाजेको भएको दाबी गरेकी छन् ।

२०७५ सालमा सोही जग्गा हुँदै नरसिंह पथ खोलिएको छ । जग्गाको कारोबार गर्नेहरुले अन्य जग्गा प्लटिङ गर्ने उद्देश्यले बाटो खोल्दा नरसिंह भगवान मन्दिरको करिब १० धुर जग्गा बाटोमा परेको थियो ।

उक्त जग्गा वापत अरुण फाइनान्समा रहेको श्री नरसिंह भगवान संरक्षक समिति धरानको खातामा घरजग्गा कारोबारी अर्जुनकुमार लिङ्थेपले जम्मा गरिदिएका थिए ।

लिङ्थेपले भने –‘त्यसबेला हामीले जग्गा प्लटिङ गर्दा बाटोको आवश्यकता पर्‍यो र खोज्दै जाँदा मन्दिरको जग्गा भन्ने पत्ता लाग्यो र समितिसँग सल्लाह गरेर पैसा जम्मा गरिदिएको हुँ ।’नरिसंह भगवानको मन्दिरले उक्त जग्गाबाट वर्षाैदेखि कुत बुझिरहेको पाइएको छ ।

उक्त जग्गा २०४८ सालदेखि जोतभोग गर्दै आएका भक्तबहादुर मगरले मन्दिरका पूजारीलाई वार्षिक ५ हजार रुपैया बुझाएको बताएका छन् ।

भक्तबहादुर मगरले भने –‘मैले ०४८ सालदेखि यो जग्गा कमाइरहेको छु, वर्षको ५ हजार मन्दिरको पुजारीलाई दिइरहेको छु ।’

यता मालपोत प्रमुख मालपोत कार्यालय धरानका प्रमुख राजेशप्रसाद पोखरेलले उक्त जग्गामा ३ जनाले आफ्नो भनी दाबी गरेको बताए ।

उनका अनुसार लालबहादुर थापा मगर, नरसिंह भगवान संरक्षण समिति र लक्ष्मीदेवी मगर्नीले समेत दाबी गरेका छन् ।

कार्यालय प्रमुख पोखरेलले आवश्यक प्रमाण हेरेर, छानविन गरेर मात्रै निर्णय गरिने बताए ।यसैवीच धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालयले जग्गाको सम्बन्धमा झुठा सर्जमिन गरेको समेत मन्दिर संरक्षण समितिले बताएको छ ।

मन्दिरले आफ्नो दाबी गरेको जग्गा भक्तबहादुर मगरले जोतभोग गरिरहेकोमा वडा कार्यालयले गरेको सर्जमिनमा लालबहादुर थापा मगरले जोतभोग गरिरहेको उल्लेख गरिएको छ ।

यस सम्बन्धमा धरान–६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईले भने –‘त्यसै स्थानका छिमेकी समेत रहेका पूर्व जनप्रतिनिधी पदमबहादुर कार्की समेतले उक्त जग्गा लालबहादुरले नै जोतभोग गरेको भनेपछि आफुले सर्जमिन गरको’ बताए ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved