धरान १४मा रहेको पिण्डेश्वर मन्दिरमा बाटिका बन्ने

  • वैशाख ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर अगाडि बाटिका निर्माण हुने भएको छ । पिण्डेश्वर मन्दिर अगाडि सडक छेउमा सर्वसाधारणको फोहोर फाल्ने स्थानको रुपमा प्रयोग हुदै आएको थियो । सो स्थानमा बाटिका निर्माण गरिने भएको हो ।

लाइन्स क्लब धरानले सो स्थानमा बाटिका निर्माण गर्ने भएको हो । स्थानीय सरकारको सहयोगमा क्लबले फोहोर फाल्ने दुर्गन्धित स्थानमा रमणीय पार्कसहितको वाटिका निर्माण हुने भएको हो । यसका लागि डिजाइन सर्भे समेत भइसकेको लायन्स क्लबका डिष्ट्रिक गर्भनर धिरज गुरुङले जानकारी दिए ।

साउन महिनाको सोमबार लाखौ भक्तजन पिण्डेश्वर मन्दिरमा जल चढाउन आउदा भक्तजनहरु यहाँ फालेको फोहारका कारण नाक थुनेर हिड्ने गरेका छन् । यसैलाई मध्यनजर गरी रमणीय पार्कसहित पार्कमा बसेर आराम गर्न सकिने खालको बाटिका निर्माण गर्न लागिएको उनले बताए ।

विजयपुरमा रहेका मठमन्दिरको ऐतिहासिता दिनप्रतिदिन चुलिदै गएको छ ।

तर मन्दिर आसपासमा फालिएका फोहोरका कारणले भक्तजन आजित हुने गर्का छन् ।

सानै प्रयास भएपनि स्थानीय सरकारको सहयोगमा यो निर्माण गर्न लागिएको हो ।

निर्माण कार्यका लागि सम्पूर्ण लायन्स लागेको उनले जानकारी दिए । उनले स्थानीय सरकार, स्थानीय बासिन्दा सबै लागेर सफल बनाउनुपर्नेमा जोड दिए ।

बााटिकाको शिलान्यास समेत भइसकेको छ । वास्तवमै यस्ता खालाका पार्क, बाटिका स्थानीय सरकारले निर्माण गर्नुपर्ने हो तर निर्वाचित जनप्रतिनिधिहरुले यस्ता कुरामा ध्यान दिन सकेका छैनन् । हुन त धरानमा धेरै यस्ता वाटिका निर्माण भएका छन्, यस्ता पार्क तथा वाटिका निर्माणमा सरकारको सहयोग न्यून हुने गरेको छ ।

स्थानीय सरकारले निर्माण गर्नुपर्ने काम लायन्स क्लबले गर्न लागेकोमा धरान उपमहानगरपालिका १४ नंं वडा समितिले धन्यवाद समेत दिएको छ ।

धार्मिक पर्यटकीय क्षेत्रमा यस्ता खालका बाटिका निर्माण हुदा मन्दिरमा आउने भक्तजनहरुले राहतसँगै आनन्दित महसुस गर्ने वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

उनले १४ नं. वडामा बनेको यो वाटिका अत्यन्तै सुन्दर र सबैको लागि सिकाइको विषय होस् भन्दै शुभकामना दिए ।

बन्न लागेको बाटिकामा बस्ने चौतारा, विभिन्न प्रकारका आषर्षक बोट विरुवा, दृश्वावलोकनको आकषर्क स्थानको रुपमा निर्माण गरिन लागेको बताइएको छ ।

पार्क निर्माण भएसँगै जथाभावि फाल्ने फोहर व्यवस्थापनसँगै धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा थप आकर्षण थपिने र धार्मिक पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा समेत निर्माणकर्ता, स्थानीय सरकार, स्थानीयबासीले राखेका छन् ।

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved