दिल्लीको होटलबाट ओखलढुंगाका ३ जना पक्राउ

  • जेठ १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका–२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जंगबहादुर विक रहेका छन्।

उनीहरूलाई सोमबार कञ्चनपुर गड्डा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम संकलन गरेको पाइएको छ।

क्यानडाको लागि उनीहरूले २२ देखि ३० लाख रुपैयाँसम्म उठाउँथे। अमेरिका र क्यानडा पठाइदिने भन्दै गिरोहले १० जना पीडितबाट ५ करोड ५० लाख रुपैयाँ रकम लिएको खुलेको छ।

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved