धरान/ धरान पर्यटकीय क्षेत्र हो । पर्यटन प्रवद्र्धनका लागि धरानमा धेरै प्रयासहरु भएकाा छन् । यसै क्रममा धरानके ऐतिहासिक पैदल बाटोको रुपमा लिइएको धरान फुर्सेदेखि धनकुटाको साँगुरीगढीसम्मको बाटोलाई पदमार्गरुपमा विकास गर्न थालिएको छ । धरानमा पर्यटक भित्रयाउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको हो । ऐतिहासिक महत्व बोकेको यस पदमार्गलाई व्यवस्थित गर्न थप विस्तारको तयारीमा लागिएको धरान उपमहानगरपालिकाले जनाएको छ । अघिल्लो वर्ष धरान–१३ स्थित आरा धरानदेखि सर्दु खोला पारीसम्म पदमार्ग निर्माण गरिएको थियो । सडकमा ढुंगा बिछ्
धरान/ डिपो स्कुलको अयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ । प्रतियोगीता यहि फागुन ४ गते देखि ९ गते सम्म हुने वुधवार नेपाल पत्रकार महासंघ, सुनसरीको कार्यक्रम हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक डिपो स्कुलले जानकारी गराए । प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि करिव १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रपितयोगिताका विजेता टिमले नगद १५
धरान/ नौ बर्ष अगाडि दुर्घटनामा परी घाइते हुनु भएका पुण्य प्याकुरेलको जीवनयावत सहजताका लागि लायन्स क्लब अफ धरान विजयपुरले भान्सा कोठा निर्माण गरिदिएको छ । विगतमा समेत सहयोग जुटाएर घर निर्माण सम्पन्न भएको थियो । अहिले पुनः सहयोग मार्फत भान्सा कोठा निर्माण गरिएको हो ।उनको भान्सा कोठा लायन्स क्लब अफ धरान विजयपुरले बनाइदिएको हो । १ लाख दश रुपैयाको लागतमा क्लबकी अध्यक्ष उमा ताम्राकारले व्यक्तिगत रुपमा निर्माण गरी उक्त कोठा प्याकुरेलको परिवारलाई हस्तान्तरण गरिएको हो । क्लबले शुरुदेखि विभिन्न सहयोग पु¥याउदै आएको थियो । घाइते प्याकुरेललाई लाग्ने सम्पूर्ण औषधि, लत्ता कपडा, खाद्यान्न लगायतका स
धरान/ धरान आदर्श माविले मिनी मेराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । साप्ताहिक खेलकुद कार्यक्रम अन्तर्गत मिनी म्याराथुन दौडको आयोजना गरिएको हो । धरान १ मा रहेको धरान आदर्श माविले साप्ताहव्यापी खेलकुद कार्यक्रम अन्तर्गत वुधबार म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सहभागी गराई धरान १२ भानुचौकबाट विभिन्न स्थान पुगेर दौड कलेजमा आएर सम्पन्न गरिएको थियो । कक्षा ११ र १२ मा अध्ययरत करिब १ सय देखि १५० जना छात्र तथा छात्राहरुको दौडमा सहभागिता रहेको थियो । पछिल्लो समय हरेक विद्यालयले पढाईसँगै खेलकुदका कार्यक्रमलाई समेत समावेश गर्दै लगेका छन् । धरानमा र
वराहक्षेत्र/ वराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका छन् । नगरपालिकाका सस्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३-३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य
धरान/ नेपाल स्काउटको स्थानीय परिषदको निर्वाचन सम्पन्न भएको छ । नेपाल स्काउट ऐन २०५० संसोधित सहितको दफा ६ र नेपाल स्काउट नियमावली २०७७ को दफा २१ अनुसार स्थानीय परिसदको निर्बाचन माघ २२ गते सोमबार सम्पन्न भएको हो। निर्बाचन बाट धरान उपमहानगरपालिका परिसदमा सात जना स्काउटरहरु पुरुस तर्फ बिजयी भएका छन्। जसमा अनुप योञ्जन तामांग, मधुसुदन घिमिरे, सुर्य कुमार सुनुवार, सुमन महतो, अनुज भट्टराई, विश्व बन्दु पोख्रेल र धन कुमार राई रहेका छन् । खसेको २१ मत मध्ये योञ्जन २० मत, घिमिरे २० मत, सुनुवार २१ मत, महतो २० मत, भट्टराई १८ मत, पोख्रेल १९ मत र राईले १९ मत प्राप्त गरेका थिए । महिला तर्फ यस अघि नै स
बराहक्षेत्र/ महिलाहरुको बयरबन महिला बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले एक दिने निःशुल्क आँखा शिविर संचालन गरेको छ । बराहक्षेत्र नगरपालिका वडा २ बयरबनको सखुवागाछी स्थित संस्थाको कार्यालय भवनमा सोमबार गरिएको शिविरमा इटहरीको वडा ४ स्थित नव दृष्टि आई हस्पिटल प्राली वाट आएका ६ जना चिकित्सकले जाँच गरेका थिए । डाक्टर राकेश थापाको नेतृत्वमा आएका डा. अन्जली साह, निरन राई, सीता लिम्बु, अर्जुन मांझी र इन्द्र गिरिले १ सय ६२ जनाको आँखा जाँच गरि निःशुल्क औषधि बितरण गरेका थिए ।जाँच गरिएका मध्य २० जनामा मोतिविन्दु भेटिएको थियो । ८ जनाको सोही दिन हस्पिटलको गाडीमा राखी इटहरी स्थित नव दृष्टि आई हस्पिटलम
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङलबार वडा नं ६ र वडा नं ९ बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल खेल पछि दुवै टिमले १–१ अङ्क बाँडेका थिए । तिन खेलमा एक खेलमा पराजित र दुई खेल वरावरी खेलेको वडा नं ६ ले प्रतियोगितामा २ अंङ्क जोडेको छ । त्यस्तै लगातार तिन खेलमा दुई खेलमा जित र एक खेलमा वरावरी खेलेको वडा नं ९ ले प्रतियोगितामा ७ अङ्क जोडेको छ । खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ९ का क्याप्टेन संन्तोष श्रेष्ठ म्यान अफ द म्याच
धरान/ धरानको सामाजिक विषयवस्तु समेटेर राजनितिक दलबाट समाधान गर्नुपर्ने विषयहरुमा पहल गर्न नेकपा एमाले धरान उपमहानगर कमिटीले ९ बुँदे पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्य्रक्ष केपी शर्मा ओलिलाई ध्यानाकर्षणपत्र बुझाएको छ । धरानका विभिन्न समस्या रहेको हुदा समाधान गर्न पार्टी केन्द्रिय कमिटीको तर्फबाट विषेश पहल गरिदिनु हुन अनुरोध गर्दै पुर्वप्रधानमन्त्रीलाई तथा पार्टीका केन्द्रिय अ्रध्यक्ष ओलिलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा नेकपा एमाले नेतृत्वको सरकारले योजना गरि डिपीआर सुरु भएको धरान –लेउती सुरुङ मार्गबाट बहुउद्येशीय लाभ लिन सकिने तथा धरान सहित आसपासका क्षेत्
विराटनगर/ कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घिउ र धूलो दूध निर्यातमा प्रोत्साहन अनुदान दिने भएको छ । यसका लागि न्यूनतम मापदण्ड तयार गरिएको छ । प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबर्द्धन अनुदान [दोस्रो संशोधन] मापदण्ड २०८० तयार गरेको हो । उक्त मापदण्डअनुसार नौनी घिउलाई प्रतिकिलो ९० रुपैयाँ, घिउूमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ र स्किम मिल्क पाउडरलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिइने भएको छ । यी अनुदान पाउन लागि निर्यातकर्ताले विभिन्न न्यूनतम प्राविधिक मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ । अनुदान प्राप्त गर्नका लागि निर्या