धरानको शनि मन्दिरमा दर्शानार्थीको भीँड

  • जेठ २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शनिग्रह प्रति सर्वसाधारणको विश्वास बढ्दै गएपछि धरान ८ तीनकुनेमा रहेको शनि मन्दिमा प्रत्येक शनिवार भीडभाड बढ्दै गएको छ ।

शनि मन्दिरसँगै संकटा भगवती र नवग्रहको मूर्ति स्थापना भएपछि यो मन्दिरमा चहलपहल अझ बढ्दै गएको हो ।

मोरङको विराटनगरका रामजी कटुवाल शनिवार पारेर धरान ८ तीनकुनेमा रहेको सनी मन्दिमा शनि दशा हटाउन विहानैदेखि मन्दिर परिषरमा लाइनमा थिए ।

शनिवारकै दिन पारेर शनि मन्दिरमा आएर पूजाआजासँगै दशग्रह हटाउँदा आफु र आफ्नो परिवारलाई सधै शान्ति मिल्ने उनको विश्वास थियो ।

उनीँमात्र हैन यो मन्दिरमा पछिल्लो पटक कोशी प्रदेशभरिका धेरै सर्वसाधारण शनिबार पारेर दर्शन गर्न आउने गरेका छन् ।

यो मन्दिरमा दर्शन गर्न आउँदा संकटा भगवत र सँगै रहेको मन्दिरमा नवग्रह शान्ति गर्न पाउनुका साथै छेउमै रहेको विश्वकर्मा मन्दिरमा सवारी साधनको पूजाआजा गर्न पाउने भएकोले पनि भक्तजनहरुको भीड शनिवार उल्लेख्य रुपमा हुने गरेको छ ।

शनि मन्दिर विस्तारै आस्थाको केन्द्र बन्दै गएका कारण भक्तजनहरुको भीड बढ्दै गएको मन्दिरमा दर्शन गर्न पुगैका स्थानीय दिपक दर्नालले बताए । विभिन्न पेशा तथा रोजागरमुलक काममा लाग्नेहरुको समेत शनिवार फुर्सद मिल्ने भएकोले पनि शनिवार बढी भीड हुने उनको भनाई छ ।

उनले पनि शनिवारकै दिन पारेर दशाग्रह हटाउन मन्दिर आएको बताए ।अन्य दिन फाट्फुट्ट सर्वसाधारण आउने गरेपनि शनिवार भने अत्याधिक भीड हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । शनिवारमात्र १० देखि १५ हजारसम्म भेटी उठ्ने व्यवस्थापन समितिकी कर्मचारी शर्मिला रिमाल बताउँछिन् ।

जोगवनी किमाथांक हाइवे सडकले छोएको यस ठाउँमो भक्तजनहरुको आस्था बढेकै कारण दिनप्रतिदिन भीड बढ्दै गएको छ । यहाँ दैनिक १ सय देखि २ सय जना सर्वसाधारण आउने गरे पनि शनिवार भने ५ हजारसम्म भक्तजनहरु दर्शन गर्न आउने गरेका छन् ।

शनिवार अत्याधिक भीड भएकै कारण मन्दिर व्यवस्थापन समितिलाई चाप व्यवस्थापन गर्न नै हम्मे हम्मे पर्ने गरेको छ ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved