वराहक्षेत्रमा जनप्रतिनिधि र किसानबिच अन्तरक्रिया गोष्ठी "संगम बिस्ट"

  • जेठ २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा किसान तथा जनप्रतिनिधि बिच कृषि कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया गोष्ठी गरिएको छ ।

आगमि आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र योजनामा समावेस गर्न उदेश्य सहित नगरपालिकामा रहेका कृषि सहकारीका पदाधिकारी, कृषि समुहका सञ्चालकहरुतथा अगुवा कृषकको सहभागितामा किसान तथा जनप्रतिनिधि बिच कृषि कार्यक्रमको समिक्षा तथा अन्तरक्रिया गोष्ठी गरिएको थियो ।

गोष्ठीमा किसानहरुले कृषिलाई प्रथामिकतामा राखेर बजेट बनाउनर नीति तथा कार्यक्रम निर्माण गर्न आग्रह गरेका थिए ।

त्यस्तै किसानले समयमै मल , बिऊ , बिषाधीको प्रयोग , सचेतना , अनुदान , सिचाई ,

बजारीकरण लगायतको बिषयलाई बोलेका थिए ।गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख रमेश कार्कीले कृषिलाई प्रथामिकता राखेर योजना बनाईने बताए ।

उनले किसानलाई पोत्साहन र आत्मनिर्भर बनाउन नगरपालिकाले माथिल्ला सरकारहरुसंग समन्वय र सहकार्य गरेर काम गर्ने बताए ।

आर्थिक बिकाश समितिमा संयोजक तथा वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ्गको सभाध्यक्षतामा आयोजना भएको गोष्ठीमा प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की रहेका थिए । 

गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वाल , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , वडा नं ६ का अध्यक्ष उद्बवप्रसाद पोखरेल,

वडा नं ७ का अध्यक्ष कपिल आचार्य , वडा नं ८ का अध्यक्ष रोशन खड्का , वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवशी मण्डल,

वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ्ग ऋ, कृषि बिकाश शाखाका प्रमुख तुलसा लिम्बू , प्राबिधिक नरकुमार राई लगायत जनप्रतिनिधिज्युहरुको सहभागिता रहेको थियो ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved