क्यानभासद्वारा ‘केवाफुङको गीत’ मा विमर्श

  • जेठ १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ कवि गगन योक्पाङ्देनद्वारा लिखित ‘केवाफुङको गीत’ कविता सङ्ग्रहबारे शनिबार विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

तरहराको क्यानभास साहित्य समाजले आयोजना गरेको ‘क्यानभासमा गगन’ कार्यक्रमको क्रममा कवि योक्पाङ्देनले सङग्रहबाट एक दर्जन कविता वाचन गरे ।

उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’ लगायतका कविता वाचन गरे ।

कविता वाचन गर्नुअघि उनले आफु गाउँमा बसेर साहित्य साधना गरिरहेको र आफ्ना कवितामा पनि गाउँका थुप्रै बिम्बको प्रयोग गरिएको सुनाए ।

उनले गाउँले जीवन र आपूmले भोगिरहेको जीवनबारे पनि केही चर्चा गरे ।

कार्यक्रमका प्रमुख अतिथि सुप्रसिद्ध कवि जसराज किरातीले सङ्ग्रहकै ‘छोरीको चकचक’ कविता वाचन गर्दै कार्यक्रमको उद्घाटन गरे । यो कविताले पहिचानको आवाज बोलेको किरातीले बताए ।

‘कविता लेख्नु सजिलो पनि होइन, गीत लेख्नुभन्दा गाह्रो कुरा हो’, उनले भने, ‘हामीले हेर्दा सामान्य लाग्ने कविताभित्र पनि गह्रुङ्गो कुरा हुन्छ ।’

उनले पछिल्लो समय आम मानिसले राजनीतिको मात्रै कुरा गर्ने तर त्यहाँबाट केही प्राप्ति गर्न नसकिरहेको समेत बताए । कवि किरातीले भने, ‘कविता लेखेर हामीले के पायौँ होइन, कविताले समाजलाई के दियो भन्ने चेत कविहरूमा हुनुपर्छ ।’

कविता सङ्ग्रहबारे लेखक तथा उपप्राध्यापक राजेश विद्रोहीले टिप्पणी गरेका थिए । ‘

यो सङग्रहभित्र नेपाली राजनीतिक विडम्बना, आधुनिकताले जीवनमा ल्याएको विचलन, गाउँको चिन्तनलगायत विषयगत विविधता समेटिएको छ’, विद्रोहीले भने, ‘मिथक भनेको कथा मात्रै होइन ।

सङ्ग्रहका कविताहरूमा मातृभाषाको प्रयोगले नेपाली भाषालाई पनि समृद्व बनाउँदै लगेको छ ।’ गगनका कविताले समकालीन जीवनलाई व्यक्त गरेको उनले सुनाए ।

‘अहिलेका कविहरूमा समय चेत हुनु आवश्यक छ, जुन चेत गगनका कवितामा पाइन्छ ।’ उनले भने ।

कार्यक्रममा कवि मनु मञ्जिलले कविले प्रत्येक वाक्यमा नवीन कुरा दिनुपर्ने बताए ।

‘सुन्दर कुरो सुन्दर होइन, नवीन कुरा सुन्दर हो’, मञ्जिलले थपे, ‘कविले नयाँ वाक्य सिर्जना गर्ने भएकाले कविहरूलाई सिर्जनात्मक भनिएको हो ।

कविले प्रत्येक वाक्यमा नवीन कुरा दिनु आवश्यक छ ।’

क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले आपूmहरूले इटहरी क्षेत्रमा रहेर विभिन्न समयमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको र आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved