स्थानीय

    Showing 3,121-3,130 of 5,056 items.
  • जीवनभर दुःखी गरीबहरुका लागि लेखेँ, आज बिरामी हुँदा आफै असहाय बनेँ’

    इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल खोटेहाङ ८ मा मेरो जन्म भएको हो । मेरो बुवाको नाम वर्तमान विश्वकर्मा र आमाको नाम मैयाँ विश्वकर्मा हो । वुवा अहिले हुनुहुन्न । आमा ८२ वर्षकी हुनुभो । हामी ७ जना दाजुभाइमा म अन्तरे हुँ । जेठो र ठाइलो बिते । हाल पाँच जना छौँ । मैले मात्र २०५० मा गाउँबाट एसएलसी दिएर पढ्नको निम्ति तराइ झरेँ । म कक्षामा फर्स्ट विद्यार्थी थिएँ । फर्स्टले त्यति बेला धरानको हात्तिसार क्याम्पसमा फुड टेक्नोलोजी पढ्ने वा धनकुटामा एजुकेसन पढ्ने चलन थियो । वा पढ्न पाउँथ्यो । मैले हात्तीसारको इन्ट्रासमा १३ नम्बरमा नाम निकालेँ । एड्मिसन गर्ने बेलामा २७ सय रुपैया नपुग्

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • 842 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतीय दुग्धजन्य पदार्थ निर्वाध विक्री , स्वदेशी उत्पादनलाई समस्या

    मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती रुपमा दूध र दुग्धजन्य पदार्थ भित्रनेक्रम नरोकिएपछि स्वदेशी उत्पादन प्रभावित बनेको छ । दूध संकलन, प्रशोधन, भण्डारण, प्याकेजिङ र गुणस्तर कायम राख्न अपनाइने विभिन्न प्रविधिहरुका कारण आफूहरुको लागत बढी पर्ने व्यवसायीको भनाइ छ । भारतबाट निर्वाध भित्रने र बजारमा खुला रुपमा पाइने दुग्धजन्य पदार्थका लागि भने त्यस्तो खर्च नहुने भएकाले तुलनात्मक रुपमा सस्तो पाइने गरेको उनीहरु बताउँछन् । त्यही भएर स्वदेशी उत्पादनभन्दा आयातीत पदार्थमा उपभोक्ता आकर्षित हुने गरेको पाइन्छ ।एकातिर उचित प्राविधिक रेखदेखबिना प्रशोधन नगरिएका पदार्थ गुणस्तरहीन पदार्थ प्रय

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खडेरीले ट्युबेलको पानी सुक्न थाल्यो

    उदयपुर/ यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा गाडिएका ट्युबेल (कल)को पानी सुक्न थालेको छ । त्रियुगा–१२, ११, ३, १, २, ४ र ५ क्षेत्रका स्थानमा गाडिएका कलको जमिनमुनि पानीको सहित सुकेर घट्न थालेपछि पानी आउन छाडेको स्थानीयवासी बताउँछन् ।त्रियुगा–१२ बुद्धचोकका स्थानीय धनबहादुर मगरले छिमेकीसहित घरमा गाडेको कलमा १० दिनदेखि पानी आउन छाडेको बताए । त्रियुगा–११ शिवालय टोलका देवराज कार्कीका अनुसार यसपटकको कडा खडेरीका कारण जमिनमुनि पानीको सहित घटेकाले २० फिट मुनिसम्म गाडेको ट्युबेलबाट समेत पानी आउन छाडेको हो । खडेरीले जमिनमुिनको सतहबाट पानी झनै

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रथम पानबारी गोल्डकप: धनकुटा फाईनलमा

    धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपमा विहीबार भएको खेल सम्पन्न भएको छ ।  आज भएको खेलमा सिसिडीआईसि धनकुटाले रक्कि ईन्टरनेशनल फुटबल क्लब काठमाडौलाई हराउदै फाईनल यात्रा तय गरेको छ ।  उक्त खेलमा दोस्रो सेमिफाइनल खेलमा रक्की इन्टरनेशनल फुटबल क्लब काठमाडौलाई ४–१ गोल अन्तरले हराउदै फाईनलको लागि बाटो तय गरेको हो । सिसिडिआईसि धनकुटाको जितका लागि खेलको पहिलो हाफको २० औ मिनेटमा जर्सि न २३ का दिलेन लिम्बुले पहिलो गोल गरेका थिए भने खेलको पहिलो हाफको ३५ औ र दोस्रो हाफको २५ औ मिनेटमा जर्सी न ३५ का सुनिल खडकाले २ गोल गरे ।त्यस्तै जर्सी न ५१ का मिलन लिम्बुले खेलको दोस्रो ह

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 799 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्यक २५ औ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रमका झलक

    धरान/ मंगलबार श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान १७ उदय टोलले आफ्नो २५ औं बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । १७ नं वडा कार्यालयका वडा अध्यक्ष श्री सूूर्यबहादुर (मनोज) भट्टराई ज्यूू प्रमुख अतिथि रहेको थिए । सो कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कृत हुनेहरुमा क्रमश: एल.के.जी. मा बेबो राई, विपिसा राई र दिप्सन राई, कक्षा एकमा एलिसा राई, आयुुसा धामी, सोनिम गुरुङ, कक्षा दुुईमा आहाना राई, रेशम वि.क., रेवन वि.क., कक्षा तीनमा आस्थान् राई, आशिष कुँवर छन् । त्यसैगरि सोया तामाङ, कक्षा च

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

    मोरंग/कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दल नेता हिक्मत कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार दिउँसो कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। आफूले मुख्यमन्त्री पदमा दाबी पेस गरेका कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुख खापुङ्गले जानकारी दिए। ‘उहाँलाई मुख्यमन्त्री नियुक्त गरेको छु, १५ मिनेटपछि नियुक्ति पत्र लिन आउनुहोला,’ उनले भने, ‘शपथ पनि आजै हुन्छ।’ कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको हस्ताक्षरसहित बिहीबार बिहान मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। कार्कीलाई मुख्यमन्त्री दाबी पेस गर्दा हस्ताक

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 536 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीलंका टप्पुमा मावि पढाई सुरु भयो

    वराहक्षेत्र/ सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित कोशीपारी श्रीलंका टप्पुका बिद्यार्थीहरु कक्षा ९ पढ्न मुल कोशी तरेर चक्रघट्टी , राजाबास तथा कोशीको भङ्गालो पार गरेर वेलकाको भागलपुर वा रामपुर पुग्नु पर्ने बाध्यता रहेको थियो । गाउमा रहेको जनता आधारभुत , कौशीका आधारभुत र वालसेवा आधारभुत बिद्यालयहरुमा कक्षा ८ र कक्षा ५ सम्म पढन पाठन हुने भएकाले कक्षा ८ पास गरे पछि त्यहाका बिद्यार्थीहरु घण्टौ हिडेर तथा कोठा भाण्डामा लिएर चक्रघट्टी , राजाबास , भागलपुर र रामपुरका बिद्यालयमा पढ्न जाने गर्देथे । तर अब भन्ने त्यहाका बिद्यार्थीहरुले त्यो बाध्यता अन्त्य हुने भएको छ । नगरपालिकाले व

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब कोशीमा के हुन्छ ? कोशी प्रदेशको राजनीति तरंगित

    मोरंग/ कोशी प्रदेश सरकारमा अब के होला ? भनेर सवैमा चासोको विषय वनेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेतृत्व गरेको सरकार र विपक्षी दल एमाले र माओवादी वीच दोहारी चलिरहेको छ । विपक्षमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका छन्। एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो सहित पुगेका दुवै दलका नेताले सरकार गठनका लागि आह्वान गर्न माग गरेका हुन् ।उनीहरूले प्रदेश प्रमुख खापुङलाई बुझाएको पत्रमा सरकारविहीनताको अवस्था आएको दाबी गरेका छन्। माओवादीले स

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 583 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निर्माण मजदुरको उपचारका लागि सहयोग हस्तान्तरण

    धरान/ काम गर्दागर्दै करेन्ट लागेर गम्भिर घाइते भएका धरान वडानम्बर २० बाघखोपका निर्माण मजदुर रामकुमार राईको उपचारका लागि हार्थिक सहयोग प्रदान गरिएकोछ । बुधबार घाइतेका बुवा दानबहादुर राईलाई कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले नगद २१ हजार रुपैया हस्तान्तरण गर्नुभयो । धरान वडा नम्बर १५ मा जितबहादुर लिम्बूको घर निर्माणमा ठेकेदार मार्फत काम गरिरहेका राई गत मंसिर ५ गते काम गर्दागर्दै करेन्ट लागेर ढलेको थिए । तत्काल अचेत बनेका राईलाई सहकर्मीहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । ४५ दिनसम्म उपचार गरेपनि होस नफर्किएपछि चिकित्सककै सल्लाहमा घर ल्याइएको बुवा दानबहाद

    • प्रकाशित मितिः वैशाख २६, २०८१
    • 636 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयरद्धारा सुकुम्बासी उठाएर पार्क बनाउने तयारी उचित व्यवस्थापन गर्न सुकुम्वासीको माग,संघर्ष गर्ने चेतावानी

    धरान/ उमेरले पाको,दारी,जुंगा,कपाल सेतै फुलेका जीत बहादुर लिम्वु धरान ५ स्थित तल्लो देउरालीमा हाल कोठा भाडा लिएर बस्दै आएका छन् । उनी त्यहाँ आएर वसेको पनि २०४५ सालदेखि नै हो । लिम्वूले तल्लो देउरालीको सुन्दर वस्तीमा ऐलानी जग्गामा घर टहरा बनाएर वसोवास गर्दै जीविको पार्जन दुख सुख गर्दै आइरहेका थिए । दुखीको घरमा सदैव दुखै दुख भने झै सेउती खोलामा आएको बाढीले समेत घर बगाएर खुल्ला आकासको बास बनाई दियो । उनी अहिले परिवार सहित देउरालीमा नै कोठा भाडामा लिएर बस्दै आएका छन् । धरान उपमहानगरपालिकाका मेयर र्हकराज साम्पाङले त्यहाँ बहुसांस्कृतिक पार्क वनाउने योजना ल्याएपछि हाल त्यहाँ बसोवास गर्नेहरुको

    • प्रकाशित मितिः वैशाख २६, २०८१
    • 600 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved