झापाका विवेकले स्थापना गरेको यूएईको राफ्फे मोबाइल नेपाली बजारमा आउने

  • साउन १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  झापाको दमकका विवेक सुवेदीले युएईमा रोजगारको सिलसिलामा स्थापना गरको ‘राफ्फे’ को मोबाइल नेपाली बजारमा पनि आउने भएको छ ।

‘राफ्फे’ले नेपालमा शाखा विस्तारको लागि अहिले नेपाली बजारको सर्वे गरि रहेको छ ।

मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि साखा बिस्तार दुई महिनाभित्र नेपाल भित्रिने तयारी गरेको बताएको छ।दमक निवासी सुवेदीले रोजगारीका लागि २०१६ मा यूएई पुगेका थिए ।

उनले केही समयपछि कम्पनी गरेका हुन ।‘राफ्फे’ ब्राण्डका विद्युतीय सामाग्रीको बिक्री सुरू गर्दै आएका सुवेदीसँग अहिले त गोल्डेन भिषाको समेत सुविधा छ।यो कम्पनीले स्थापनाको वर्षमा १५ मिलियन दिरामको व्यापार गरेको जनाएको छ।

छोटो अवधिमा नै राफ्फे ब्राण्डका विद्युतीय सामाग्रीको व्यापार चम्कन थालेपछि भावी दिनमा थप विस्तारको योजना कम्पनीले बनाएको छ।आफ्नो माटोमा पनि व्यवसाय विस्तार गर्ने योजना अनुरूप उनले झापाको दमकमा ‘राफ्फे रेष्टुरेन्ट एण्ड लञ्ज’ सञ्चालनमा ल्याएका छन्।

यति मात्र होइन,यसलाई नेपालभर फैलाउने उनको योजना रहेको छ।सुरुको एक वर्षमा नै कम्पनीले ३० जनालाई रोजगारी दिएको छ।

राजधानी अबुधावीमा कर्पोरेट कार्यालयको स्थापना गरिसकेको राफ्फेले अबको दुई वर्षभित्र सिङ्गो यूएईसहित गल्फ कन्ट्रीमा नै व्यवसाय विस्तारको योजना बनाएको छ। कम्पनीले सन् २०२४ मा ५० मिलियन दिरामको व्यापार लक्ष्य बनाएको छ।

हालसम्म स्टोरबाटै बिक्री गर्दै आइरहेको यो ब्राण्डले भावी दिनमा अनलाइन व्यापारलाई समेत प्राथमिकता राख्ने बताइएको छ।

कम्पनीका प्रबन्ध निर्देशक सैलेन्द्र झाका अनुशार विश्वका ७ मुलुकमा यसको उत्पादनलाई विस्तार गरिएको छ । नेपालमा २ वर्षभित्र सय जना नेपालीलाई रोजगारी दिनेगरी नेपाल भित्रिन लागेको दाबी गरे।

उनले भने, ’२ वर्षमा कम्तिमा सय नेपालीलाई रोजगारी दिन्छौं। नेपाल शाखाको नेतृत्व पनि नेपालीले नै गर्नुहुन्छ।’कम्पनीको यूएईमा रहेको मुख्य कार्यालयमा पनि २० जना बढी नेपालीले काम गरिरहेका छन्। जहाँ ७ अलगअलग राष्ट्रका नागरिकले काम गर्छन्।

 के हो राफ्फे?

राफ्फे एक मोबाइलजन्य उपकरण उत्पादन गर्ने कम्पनी हो। यसको मूख्यालय युएईको दुवै शहरमा छ।

यो कम्पनी सन् २०२३ को फेबु्रअरीमा कम्पनी स्थापना भयो।राफ्फे नामको ब्राण्ड सुरु गरेर विद्युतीय सामाग्रीको बिक्री वितरण गर्दै आएको कम्पनीले चीनको फ्याक्ट्रमा उत्पादन गर्दै आइरहेका छन्।

यो ब्राण्डमार्फत कम्पनीले दुबईमा पावर बैंक, एडप्टर, डाटा केबल, स्पिकर, इयरफोन र एयरपड्स लगायतका वस्तु बिक्री वितरण गर्दै आइरहेको छ।हाल यूएई भरका ९०० स्टोरमा आफ्नो उपस्थिति देखाइसकेको कम्पनीले जानकारी दिएको छ।

स्मार्टफोन, एप्पल, अमाजोन ब्राण्डका लागि नै वस्तु बिक्री वितरण गर्दै आइरहेको राफ्फेले भावी दिनमा आफ्नो व्यवसाय थप विस्तार गर्ने योजना बुनेको कम्पनीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved