धरानका मेयर साम्पाङले १० दललाई टेरेनन्,दलको आन्दोलनले घुडाँ टेकाउला त ?

  • साउन १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान खानेपानी बोर्डले बृद्धि गरिएको खानेपानी महसुल खारेजीको माग गर्दै धरानका राजनीतिक दलहरुले दिएको अल्टिमेटमको समय सकिएको छ ।

१० वटा राजनीतिक दलहरुले शुक्रबार धरान उपमहानगरपालिकाको मेयर हर्कराज साम्पाङ राई बोर्डको अध्यक्ष रहेको खानेपानी बोर्डलाई बृद्धि गरिएको महसुल खारेजीको माग गर्दै ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र वुझाएका थिए ।

तर मेयर साम्पाङले दलहरुको मागलाई सुनुवाई नगरेपछि आज(मंगलबार) देखि आन्दोलनको घोषणा गरेका छन् ।

समयसीमा सकिएपछि पनि मेयर राई टस न मस भएर सुनुवाई नगरी चुप लागेर बसेका छन् । ७२ घण्टाको समय सीमा सकिएपछि विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन ।

बोर्डको स्वघोषित अध्यक्ष हर्क राज राईले आफ्नो एकल निर्णय बाट अवैज्ञानिक ढ्ङगबाट जनताको ढाड सेक्ने गरि खानेपानीको मूल्य बृद्धि घटाउन माग गर्दा वेवास्ता गरेको भन्दै साउन १७ गते बाट आन्दोलन गर्ने जनाएका छन्।

ppres

यस्तो छ आन्दोलनको तालिका ?

राजनीतिक दलहरुले हाललाई तीन बुँदे आन्दोलन सार्वजनिक गरेको छन् ।

जस अनुसार साउन १७ गते धरानका संघ संस्था र सम्बन्धीत सरोकारवाला निकाय अन्तरक्रिया,साउन १८ गते धरानका २० वटै वडा कार्यलयमा वडा स्तरियबाट ध्यानकर्षण पत्र बुझाउने र साउन २० गते धर्ना कार्यक्रम गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तर धर्ना कार्यक्रम कहाँ गर्ने भनेर उल्लेख भने गरिएको छैन ।

विज्ञप्तीमा काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष सर्वजीत राई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।

धरान खानेपानी बोर्डले खानेपानी महसुल बढाए पछि गत शुक्रवार छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ सूत्रीय मागको ज्ञापन पत्र बुझाउँदै ७२ घण्टा भित्र नयाँ शुल्क खारेज गरी पुरानै दर कायम नगरे आन्दोलन सुरु गरिने १० दलले चेतावनी दिएको थियो तर अहिले सम्म मेयरले सुनुवाई गरेका छैनन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved