साउनको दोश्रो सोमबार भक्तजनको घुँइचो

  • साउन १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  साउन महिनाको दोस्रो सोमबार कोशी प्रदेशका शिवालयमा श्रद्धालुहरुको घुँइचाे लागेको छ ।

कोशी प्रदेसकै प्रमुख धार्मिक तिर्थ स्थल धरानको विजयपुर स्थित रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर बाबाधाम,झापाको अर्जुनधारा,खोटाङको हलेसी, सुनसरीको रामधुनी लगायतका शिवालयहरुमा गेरु बस्त्रधारी श्रद्धालुहरुको बिहानैदेखि बाक्लो घुँइचो लागेको छ ।

रुद्राक्षरण्य क्षेत्र अर्थात रुद्राक्षको उत्पत्ति भएको क्षेत्रमा रहेको धरानको बिजयपुरमा रहेको पिण्डेश्वर बाबाधाममा विगतका बर्षहरुमा भन्दा श्रद्धालु भक्तजनहरु बढेका छन् । साउन महिनाभर चल्ने वोलबम धार्मिक मेलामा प्राचिन हरिद्वार चतरावाट कोैशीकी नदी अर्थात सप्तकोशी नदिको जल गेरु वस्त्र लगाएर पिण्डेश्रमा ल्याएर चढाउने परंम्परा छ ।

पहेलो बस्त्र अर्थात गेरु वस्त्र धारण गरी सप्तकोशी नदिको जल ल्याएर पिण्डेश्वर वावाको मन्दिरमा चढाउदा मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वासका साथ पिण्डेश्वर मन्दिरमा आएको सप्तरीका चन्दन रायले बताउनुभयो । उहाँले भन्नुभयो–‘म तीन बर्ष अगाडि पनि आएको थिए, अहिले पनि परिवारसँगै आएको छु, योसँग दुई पटक भयो, तीनपटकचाहिँ पु¥याउछु ।’

साउन महिना भर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकांक्षा पूरा हुने विश्वासका कारण पिण्डेश्वर वावा धाममा साउन महिनाका हरेक सोमबार श्रद्धालुहरुको भिड लाग्ने गरेको हो । बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउ लगायत भारतको विहार, पश्चिम वंगाल ,दार्जिलिङ, खर्साङ, सिक्किम लगायतका स्थानवाट भत्तजनहरु आउने गरेका छन् ।

भगवान शिवले समुद्र मन्थन गरेर निस्किएको अमृतको मुख्य पिण्ड नै धरानको यो विजयपुर रुद्रक्षमय पिण्डेश्वर वावा धाम हो भन्ने विश्वास हिन्दु धर्मग्रन्थमा उल्लेख रहेको नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताए ।

रुद्राक्षको उत्पत्ति भएको क्षेत्रमा रहेका पिवण्डेश्वर वावाधामप्रति हिन्दुधर्मावलम्वीहरुमा ठुलो विश्वास छ ।

कोरोनाको महामारीसगै धरानमा फैलिएको डेंगीको कारण पछिल्ला केही वर्ष श्रद्धालुहरुको संख्यामा कमी आएको भए पनि यो वर्ष भने सुरुवातदेखि नै श्रद्धालुहरुको घुइचो लागेको छ ।

दोस्रो हप्ता समेत ५ हजार भन्दा बढी भक्तजनहरु पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताएका छन् ।

भक्तजनको आगमनमा वृद्धि हुने देखेर सुरक्षासगै लाइन व्यवस्थापनको लागी नेपाल प्रहरीको नेतृत्वमा शसस्त्र प्रहरी तथा विभिन्न संघ संस्थाका स्वयमसेवकहरु समेत खटाईको छ ।

श्रद्धालुहरुको निःशुल्क स्वास्थ्य शिविर, माडावारी सेवा समिति , मधेसी सेवा समिती तथा होप धराने निःशुल्क खाना खाजा तथा पानीको व्यवस्थापन गरेको १४ नं. वडासमितिका अध्यक्ष कृष्ण भट्टराईले बताए ।

धरानको पिण्डेश्वरमा २०३९ सालदेखि कोशीको पानी ल्याएर जल चढाउने परम्परा धरानकै समाजसेवीहरुले गरेका थिए ।

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved