धरानमा भेटियो १३ केजीको अंजिगर

  • साउन १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सोमबार साँझ धरानमा अंजिगर भेटिएको छ ।

धरान उपमहानगरपालिका वडा नं १ स्थित पृथ्वी चोकमा अंजिगर भेटिएको हो ।
अंजिगरलाई हरियाली सामुदायिक बन परिसरमा उद्धार गरेर लगिएको छ ।

हरियाली वन समुहमा सोमबार लिगएको अंजिगरसँगै ३ वटा पुगेको छ । अंजिगरलाई वन समितीकै चिडिया खानामा संरक्षण गरि राखिएको छ ।

२ वटा भने सानो बच्चा रहेको छ । करिब ३ महिना अघि बयस्क अजिंगर भने काठ मक्किएको मौका छोपेर प्वाल बनाएर भागेको थियो । त्यसपछि हरियालीको चिडिया खाना वयस्क अजिंगर बिहिन भएको थियो ।

वन समुहकी अध्यक्ष झुमादेवी गुरुङले वडा १ बाट उद्दार गरेर ल्याएको अजिंगरलाई अहिले संरक्षण गरेर राखिएको बताइन् ।

धरान १ को पृथ्बीचौकमा भेटिएको अंजिगरलाई जनप्रतिनिधिहरुले तीनकुनेस्थित वन कार्यालयलाई खबर गरेका थिए ।

तालिम प्राप्त उद्दारकर्ता नभएपनि अजिंगर हुर्काइरहेका वन समुहका पदाधिकारी र कर्मचारीहरुलाई आनीबानी सबै थाह भएकोले समात्न सफल भएको कर्मचारी महेन्द्र गौतमले बताए ।

उक्त अजिंगरको तौल १३ किलो भएको पनि उनले जानकारी दिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved