सुनसरीमा प्रहरीको एक्सन,ठुलो परिणाममा गाजा,लागुऔषध सहित ब्राउन सुगरको कारोबारी पक्राउ

  • साउन १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

स्वर्णीम राई
धरान ।सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले फरक फरक ठाउँबाट ठुलो परिमाणमा गाजा ब्राउण्ड सुगर सहित व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
साउन १३ गते दिउसो ३ः ३० बजे सुनसरीको बबियाबाट ११५.७ केजि गाजा सहित २ जना पक्राउ परेका छन् ।विषेश सुराकी सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट सशस्त्र प्रहरी सहायक निरिक्षक काशीराम चौधरीको कमाण्डमा खटिएको संयुक्त टोलीले सागुरीगढी गाउपालिका १ बुढीमोरङ बस्ने ३२ वर्षे राम कुमार राई र सोही ठाउँका २२ बर्षे बुद्ध लिम्बुलाई सो परिमाणको गाजासहित पक्राउ गरिएको शसस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

इनरुवा नगरपालिका –९ स्थित बबिया चोकबाट प्रदेश नं १–०२–००२ च ६८८३ नंको टाटा गाडीमा लोड गरी सुनसरीको नाका इलाकातर्फ लादै गर्दा गाडी सहित ११५.७ केजी गाजा र २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।
   ब्राउन सुगर सहित २ जना पक्राउ 
सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका –६ ढलानरोड स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकही मातहत एफ.ओ.पि.ईस्राईल कामतबाट शसस्त्र प्रहरी भुपेन्द्र नेम्वाङ्गको कमाण्डमा खटिएको चेक प्वाईन्ट डिउटी ४ जनाको टोलीले धरान उपमहानगरपालिका १३ बस्ने ४२ बर्षे जिवन राई र सुनसरी भोक्राहा बस्ने २७ बर्षे महफुज आलमलाई ब्राउन सुगर र ट्याब्लेट सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ । उनिहरु भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा शंका लागि चेकजाँच गर्ने क्रममा जिबन राईको साथबाट कालो प्लाष्टिकले बेरेको प्लाष्टिक सहित अन्दाजी ९.४ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र महफुज आलमको साथबाट कालो प्लाष्टिकले बेरेको प्लाष्टिक सहित अन्दाजी १३ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, १६ट्याबलेट स्पास्मो ८ ट्याबलेट निट्रोभेट लागू औषध बरामद गरि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।
 १२ केजी गाजा, मोटर साइकल र साइकल बरामद
साउन ८ गते दिउसो सुनसरी देबानगजं गाँउपालिका ५ पालटोल सीमा ईलाकामा शसस्त्र प्रहरी.बल, नेपाल बि.ओ.पि साहेबगंजबाट सशस्त्र प्रहरी निरिक्षक कृष्ण थापाको कमाण्डमा खटिएको ४ जनाको मो.सा गस्तीको टोलीले नेपालबाट भारततर्फ जादैँ गरेको बिआर ५० वाइ ३४९७ नम्बरको भारतिय मोटर साइकललाई चेकजाँच गर्दा प्रतिबन्धीत ६केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।चेकजाच गर्ने क्रममा मोटर साइकल चालक फरार भएकोले मोटर साइकल र प्रतिबन्धीत ६ केजी गाजा नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको छ ।
साउन ८ गते दिउसो सुनसरी भोक्राहा नरसिंह गाँउपालिका ८ सोनियाही सीमा ईलाकाबाट ६ केजी गाजा र साइकल बरामद गरिएको शसस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

नेपालबाट भारततर्फ जादै गरेको अपरिचित ब्यक्तिले साईकलमा राखी लैजादैँ गरेको ६ केजी. प्रतिबन्धीत गाँजा शसस्त्र प्रहरी बल ,नेपाल बि.ओ.पि.उल्टीबाट सशस्त्र प्रहरी सुरेश लिम्बुको कमाण्डमा खटिएको २ जनाको पैदल गस्ती टोलिेले बरामद गरेको हो ।साईकल र गाजाँ छाडी ब्यक्ति फरार भएकोले सो परिमाणको गाजाँ र साईकललाई नियन्त्रणमा लिई बि.ओ.पि.उल्टीमा ल्याई जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

 

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved