धरान/ बालबालिकामा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले इटहरीमा ‘इटहरी बालकला साहित्य महोत्सव–२०८२’ आयोजना हुने भएको छ। पाथिभरा माध्यमिक विद्यालय इटहरीले आगामी फागुन १ र २ गते महोत्सव आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको छ । महोत्सवमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सञ्चालन हुने कार्यक्रम संयोजक बिक्रम कुमार घिमिरेले बताए । महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बालसाहित्यका सर्जकका साथै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहने
झापा/ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र बनेको छ। दलका शीर्ष नेता देखि नयाँ अनुहारसम्म मतदाताको मन जित्न घर–घरमा पुगिरहेका छन्। भारतसँग सिधा सीमा जोडिएको, व्यापारिक नाका र सामाजिक–वैचारिक विविधता बोकेको झापा–१ यसपटक पनि पूर्वी नेपालको राजनीतिक प्रयोगशालाका रूपमा देखिएको छ। यहाँको नतिजाले केवल स्थानीय प्रतिनिधित्व मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत सन्देश दिने अपेक्षा गरिएको छ। मेचीनगर नगरपालिकाका १५ वडा, बुद्धशान्ति गाउँपालिकाका चार वडा र भद्रपुर नगरपालिकाका दुई वडा समेटिएको यस क्ष
धरान/ सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। राजनीतिक दलका १९ जना र स्वतन्त्रतर्फ सात जना उम्मेदवार रहेको निर्वाचन कार्यालयका अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए। निर्वाचन अधिकृत घिमिरेका अनुसार गत माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी २६ जनालाई निर्वाचन चिह्न प्रदान गरिएको थियो भने माघ १० गते उम्मेदवारलाई परिचयपत्र वितरण गरिएको थियो। आगामी निर्वाचनमा यस क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी,
धरान/ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना सूर्यध्वजावाहक उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार रणनीति बनाएको छ । रणनीतिक योजनाहरु भने सार्वजनिक गरिएको छैन । सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठक मार्फत कमिटीलाई विस्तार गर्दै प्रचार रणनीति तयार गरिएको हो । बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको सूचि (क्यालेण्डर) नै तयार पारेर सोही अनुसार प्रचारको कामलाई व्यवस्थित गर्नेगरी कामको रणनीतिक योजना बैठकमा प्रस्तुत गरेका हुन् । बैठकपछि
धरान/धरान रंगशालामा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा पाँच पटकको उपविजेता आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लालिगुराँस फुटबल क्लब पोखरा पहिलो सहभागितामै सेमिफाइनलमा प्रवेश गरेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा लालिगुराँस पोखराले सुदृढ डिफेन्स र संयमित खेल प्रदर्शन गर्दै घरेलु दर्शकले भरिएको रंगशालामा आयोजक धरानलाई स्तब्ध बनायो। घरेलु मैदानमा खेलेको धरान फुटबल क्लब ठूलो समर्थकको साथ हुँदाहुँदै पनि निर्णायक क्षणमा चुक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। निर्धारित ९० मिनेटको
झापा/ प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नं. ५ को चुनावी माहोल तीव्र रूपमा तातिएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह एकै दिन मतदाताको घरदैलोमा सक्रिय भएपछि यहाँको चुनावी सरगर्मी उत्कर्षमा पुगेको हो। मुलुककै ध्यान केन्द्रित यस निर्वाचन क्षेत्रमा प्रमुख प्रतिस्पर्धी मानिएका दुवै उम्मेदवार दमक र आसपासका क्षेत्रमा केन्द्रित अभियानसहित मैदानमा उत्रिएका छन्। प्रभावशाली नेताहरूको बाक्लो उपस्थितिका कारण सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रमुख चोक, बजार र कार्य
धरान/ धरान–१६ स्थित रङ्गशालामा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा साविक उपविजेता चर्च ब्वाइज युनाइटेड ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न क्वाटर फाइनल खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। खेलको सुरुआतसँगै आक्रामक देखिएको चर्च ब्वाइजका रिचर्ड विलसनले पहिलो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए। उक्त गोल नै खेलको निर्णायक बन्यो। त्यसपछि नेपाल पुलिस क्लबले बराबरीको प्रयासमा खेल नियन्त्रणमा लिने प्रयास गरे पनि पटक–पटकको अवसरलाई गोलमा परिणत गर्न सक
धरान/सुच्चा राई कल्याणकारी समाज, धरान–सुनसरीले आफ्नो २६औँ स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। धरानको भानुचोकमा आयोजना गरिएको उक्त कार्यक्रमबाट ११३ पिन्ट रगत संकलन भएको समाजका अध्यक्ष विनोद राईले जानकारी दिनुभयो। संकलित रगतमा ८५ जना पुरुष र २८ जना महिला रक्तदाताको सहभागिता रहेको थियो। समाजले स्थापना दिवसको अवसरमा हरेक वर्ष निरन्तर रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष राईले बताउनुभयो। “रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो,” उहाँले भन्नुभयो। समुदायबाट सामाजिक तथा मानवी
धरान / ‘Sports for Health and Nation’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको यु एन नवोदय च्याम्पियन्स लिग सफलतापूर्वक सम्पन्न भएको छ। धरान–१६ स्थित बिबि फुटसलमा आयोजित लिगको फाइनल खेलसँगै यस वर्षको प्रतियोगिताले औपचारिक समापन पाएको हो। Navodaya +2 UN College का प्रिन्सिपल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले खेल अफिसियल बिपुल लिम्बूलाई बल हस्तान्तरण गर्दै लिगको उद्घाटन गरेका थिए। फाइनल खेलमा छात्रतर्फ कक्षा १२ सेक्सन ‘सी’ र छात्रातर्फ सेक्सन ‘ए’ ले उपाधि हात पारेका छन्। त्यसैगरी छात्रतर्फ कक्षा १२ सेक्सन ‘डी’ र छात्रातर्फ सेक्सन &lsq
धरान/ अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले रोमाञ्चक जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। धरान रङ्गशालामा बिहीबार सम्पन्न उद्घाटन खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो। जर्जियन क्लब भारतका हेमराज भुजेलले खेलको पहिलो हाफको ८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि आयोजक धरान फुटबल क्लबले १८औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरेको थियो। दोस्रो हाफमा धरानका कयौँ प्रयास असफल भए। ट्राइबे