धरानका ऐतिहासिक विद्यालयलाई नमुना बनाइने : मुख्यमन्त्री कार्की

  • जेठ ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले धरानका ऐतिहासिक तथा पुराना विद्यालयको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

आज शुक्रवार धरान उपमहानगरपालिका–८ स्थित श्री सहिद स्मृति माध्यमिक विद्यालय को ६८औँ वार्षिकोत्सव तथा समापन भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा विद्यालयहरूको स्तरोन्नति गरिने उल्लेख गरे ।

करिब ६८ वर्षअघि स्थापना भएको उक्त विद्यालयसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले विद्यालय रहेको क्षेत्र आफ्नो मावली घर तथा परिवारसँग जोडिएको स्थान भएकाले विद्यालयप्रति विशेष आत्मीयता रहेको कार्कीले बताए ।

उनले शिक्षा र संस्कृतिको केन्द्रका रूपमा रहेको विद्यालय विभिन्न कारणले पछाडि परेको भन्दै यसको विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । धरानमा खानेपानी, स्वास्थ्य, यातायात तथा शिक्षालगायत क्षेत्रमा देखिएका समस्याको समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबिच सहकार्य बढाएर शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने विद्यार्थी सङ्ख्या वृद्धि, शिक्षक दरबन्दी व्यवस्थापन, पूर्वाधार विकास तथा प्रविधिमैत्री शिक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।

मुख्यमन्त्री कार्कीले शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालय स्तरबाट पहल भइरहेको जानकारी दिँदै साना तथा मझौला उद्यम, युवा स्वरोजगार, सूचना प्रविधि तथा यातायात क्षेत्रसँग सम्बन्धित कार्यक्रममार्फत धरानको समग्र विकासमा सहयोग गरिने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved