धरानमा सडक र फुटपाथमा लोकल कुखुरा बिक्रीमा रोक

  • जेठ ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाले सडक तथा फुटपाथमा अव्यवस्थित रूपमा लोकल कुखुरा बिक्री वितरणमा रोक लगाएको छ।

शुक्रबार धरान–९ स्थित पूर्णपथ क्षेत्रमा सडक पेटीमा राखेर बिक्री भइरहेको लोकल कुखुरा उपमहानगरपालिकाले नियन्त्रणमा लिएको थियो।

बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाका अनुसार पटक–पटक व्यवस्थापन गर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गरेपछि यस्तो कदम चालिएको हो। पछि व्यवसायीसँग सहमति भएपछि नियन्त्रणमा लिइएका कुखुरा फिर्ता गरिएको उनले बताए।

उपमहानगर र व्यवसायीबीच घण्टैपिच्छे सरसफाइ गर्ने, व्यवसाय दर्ता गर्ने, सडकबाट १० फिटभित्र मात्र कुखुरा राख्ने तथा एक महिनाभित्र व्यवस्थापन मिलाउने सहमति भएको छ।

यसपटक जरिवाना नगरे पनि आगामी दिनमा पुनः अव्यवस्थित रूपमा सडकमा कुखुरा बिक्री गरेको पाइए कडा कारबाही गरिने उपमहानगरले चेतावनी दिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved