धरान/ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा विराट भेट्रान विराटचोक ले भरौल भेट्रान फुटबल क्लब लाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो। भरौल भेट्रानका जर्सी नं. १३ भोलासेन ठकुरी ले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको लगत्तै विराट भेट्रानका जर्सी नं. १४ प्रकाश थापा ले बराबरी गोल फर्काए।
पहिलो हाफको २४औं मिनेटमा पुनः प्रकाश थापाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि जर्सी नं. ७ डेनी राई ले थप गोल गर्दै पहिलो हाफमै विराटलाई ३–१ को मजबुत अवस्थामा पुर्याए।
दोस्रो हाफको अन्तिमतिर जर्सी नं. ५ देउमान लिम्बू ले अर्को गोल थपेपछि विराट भेट्रानले ४–१ को शानदार जित दर्ता गर्यो।
खेलको ‘प्लेयर अफ द म्याच’ विराट भेट्रानका उत्कृष्ट खेलाडी प्रकाश थापा घोषित भए। उनलाई पुरस्कार धरानका पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइली ले प्रदान गरेका थिए।
अब प्रतियोगिताको तेस्रो क्वाटरफाइनल मा आयोजक हाम्रो धरान भेट्रान्स र बेलका भेट्रान्स बीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको