धरानमा मदिरापछि विवाद, बोतल प्रहारबाट महिलाको ज्यान गयो

  • जेठ १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान–१५ बगरकोटमा गत वैशाख २८ गते साँझ भएको झैँ–झगडाका क्रममा बोतल प्रहारबाट गम्भीर घाइते भएकी ४९ वर्षीया सरु नेम्वाङ को उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ।

नेम्वाङको मृत्यु भएसँगै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा धरान–१५ कै ३८ वर्षीय अशोक लिम्बू र ३३ वर्षीय बुद्धवीर लिम्बू लाई पक्राउ गरेको छ।

पक्राउ परेका दुवैविरुद्ध कर्तव्य ज्यान उद्योग अन्तर्गत प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरान का भिषणबाबु राई ले जानकारी दिएका छन्।

डीएसपी राईका अनुसार यसअघि ज्यान मार्ने उद्योग अन्तर्गत दर्ता भएको मुद्दा नेम्वाङको मृत्यु भएपछि कर्तव्य ज्यान उद्योग मा रूपान्तरण गरिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अत्यधिक मादक पदार्थ सेवन गरेका महिलाहरूबीचको आपसी विवादले झगडाको रूप लिएको खुलेको छ।

हाल पक्राउ परेका दुवैलाई प्रहरी नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved