धरान/धरान-१५ स्थित Hibiscus English Boarding School मा हाउस क्याप्टेन तथा विद्यालय क्याप्टेन चयनका लागि आयोजित निर्वाचन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध र लोकतान्त्रिक संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त निर्वाचनले विद्यालयमा नयाँ नेतृत्व चयन गरेको हो।
निर्वाचनमार्फत यलो हाउसको क्याप्टेनमा रिदिमा गुप्ता र उपक्याप्टेनमा नाम्सा माबो निर्वाचित भएका छन्। त्यसैगरी रेड हाउसको क्याप्टेनमा सेसेमा लिम्बु ‘बी’ र उपक्याप्टेनमा सोनिम शेर्पा चयन भएका छन्।
यस्तै ग्रीन हाउसको क्याप्टेनमा अटल योगी तथा उपक्याप्टेनमा लेशन शेर्पा निर्वाचित हुँदा ब्लु हाउसको क्याप्टेनमा मिशन राई र उपक्याप्टेनमा रेश्मा तामाङ चयन भएका छन्।
विद्यालयस्तरीय नेतृत्वतर्फ स्कुल क्याप्टेनमा प्रज्ञान राई तथा उपक्याप्टेनमा आयुष श्रेष्ठ निर्वाचित भएका छन्।
विद्यालयका निर्देशक गंगाराम राईका अनुसार यस्ता गतिविधिले विद्यार्थीहरूलाई जिम्मेवार, अनुशासित र नेतृत्वदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने विजयी विद्यार्थीहरूलाई विद्यालय परिवारले बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।