स्थानीय

    Showing २४१-२५० of ५,३३१ items.
  • धरानमा १ हजार ८ सय लागूऔषध चक्कीसहित दुई युवा पक्राउ

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका–११ बानडाँडा लाइनबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका धरान–११ का ३१ वर्षीय डिकेन्द्र तामाङ र धनकुटाको पाख्रिबास नगरपालिका–५ का २० वर्षीय प्रजोल राईलाई रोकी खानतलासी गरेको थियो। तलासीका क्रममा उनीहरूको साथबाट डी–साइक्लो (DCYCLO) ९०० पिस र ट्रामोल (TRAMOL) ९०० पिस, गरी १ हजार ८ सय लागूऔषध चक्की फेला परेको प्रहरीले जनाएको छ। दुवै जनालाई बरामद

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ७६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुरा होला त जनयुद्धकी ‘सन्ध्या’ को मन्त्री सपना ?

    धरान/ फेरि दसौ पटक कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चुलिएको छ । तर दुई कम्युनिष्ट पार्टीहरु एमाले र नेकपाको हुने सरकार पुनर्गठनमा सत्ता समीकरण, दलगत सन्तुलन, क्षेत्रीय प्रतिनिधित्व र लैङ्गिक समावेशिताको बहससँगै अर्को एउटा प्रश्न झन् गम्भीर प्रश्न चर्चामा छ— कोशी प्रदेशमा अहिलेसम्म दलित समुदायबाट एक जना पनि विभागीय मन्त्री किन नियुक्त भएनन् ? कोशी प्रदेश सभाको दोस्रो कार्यकालसम्म आइपुग्दा पटक–पटक सरकार फेरियो । मन्त्रीहरू फेरिए । मन्त्रालय बाँडिए । तर संविधानले प्रत्याभूत गरेको समावेशी प्रतिनिधित्व व्यवहारमा देखिएन । प्रदेश सभाको नौ बर्षको यात्रामा दलित समुदायबाट निर्वाचित सांसदह

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ९७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपचारकै क्रममा निभ्यो रवीन्द्रको जीवन, देवानगञ्ज घटनामा शोक थपियो

    धरान/  सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। घाइतेमध्ये देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मंगलबार काठमाडौंस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो। रवीन्द्र मेहेताको मृत्युसँगै सुनसरी घटनापछि सुरु भएको आन्दोलनसँग सम्बन्धित मृत्यु हुनेको संख्या चार पुगेको छ। सिरहामा भएको आन्दोलनका क्रममा गणेश यादवको पनि मृत्यु भएको थियो। रवीन्द्रलाई प्रारम्भिक उपचारपछि विराटनगरको विराट नर्सिङ होमबाट गत शुक्रबार थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो। उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोलाले छोरा बगाएपछि आमा पनि झुन्डिएको अवस्थामा मृत फेला

    इलाम/ इलामको माइजोगमाई गाउँपालिका–२ मा अत्यन्तै दुःखद घटना भएको छ। खोल्सोमा आएको बाढीले छोरा बगाएर मृत्यु भएपछि शोक सहन नसकेर आमाले पनि झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्थानीयका अनुसार हिजो(साेमबार( विद्यालयबाट घर फर्किरहेका एक बालक खोल्सोमा आएको बाढीले बगाउँदा उनको ज्यान गएको थियो। त्यसपछि बालककी ३८ वर्षीया आमा अमृता लेप्चा खत्री सम्पर्कविहीन भएकी थिइन्। स्थानीयवासी प्रदीप खड्काका अनुसार रातभर खोजी गर्दा उनी फेला परेकी थिइनन्। आज बिहान भने घरनजिकै झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। प्रारम्भिक रूपमा छोराको मृत्युको पीडा सहन नसकेर उनले आत्महत्या

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ४४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटबलको फाइनलमा प्रभात र पाराडाइज भिड्ने

    धरान/ डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौं अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको उपाधि भिडन्त तय भएको छ। रोमाञ्चक सेमिफाइनल पार गर्दै प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल, इटहरी फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा प्रभातले हिमालयन मेघा एकाडेमी, धरानलाई ४७–४६ को अत्यन्तै प्रतिस्पर्धात्मक अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। चार क्वाटरको खेलमा प्रभातले १५–१०, ४–१५, २०–१३ र ८–८ अङ्क जोड्दै एक अङ्कको रोमाञ्चक जित निकाल्यो। प्रभातका नेमसाङ मगर खेलको म्यान अफ द म्याच घोषित भए।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ७४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कन्काईमा पिकअपको ठक्करबाट वृद्धको मृत्यु

    झापा/ झापाको कन्काई नगरपालिका–४ कोटिहोमस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। बिहान करिब ६:३० बजे दमकतर्फबाट बिर्तामोड आउँदै गरेको मे.१.च.५१०४ नम्बरको पिकअपले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७०–७५ वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खुकुरी प्रहारपछि फरार तीन धरानबाटै पक्राउ

    धरान/ धरानमा एक युवामाथि खुकुरी प्रहार गरी फरार भएका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने मुख्य  आरोपी अझै फरार रहेका छन्। धरान–५ झरना चोकका २० वर्षीय निलकमल राईमाथि खुकुरी प्रहार गरी फरार भएका धरान–५ का ३६ वर्षीय सुदीप राई, २६ वर्षीय सुजन परियार र २२ वर्षीय ससेस साहलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू स्थानीय एक टहरामा लुकिरहेको अवस्थामा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले जानकारी दिए। डीएसपी राईका अनुसार (हिजो)आईतवार  बिहान जंगलमा लुकेको सूचना पाए पनि दिउँसो उनीहरू टहरामा सामूहिक रूपमा बसेको अवस्थामा फेला परेपछि पक्राउ

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १,२७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ताला फोडी सुन–नगद चोरी गर्ने तीन पक्राउ, लाखौँका गहना बरामद

    धरान/ सुनसरीको धरान–११ स्वास्तिका चोकस्थित एक घरमा ताला फोडेर सुनचाँदीका गहना र नगद चोरी गर्ने आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार आइतबार बिहान करिब ३ बजेदेखि ४ बजेको बीचमा राजु साहको घरको माथिल्लो तलामा रहेको उनका भाइ पप्पु साहको कोठाको ताला फोडेर चोरी गरिएको थियो। पप्पु र उनको परिवार घरमा नभएको मौका पारेर चार जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक विनालाल साहको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उद्योग वाणिज्य संघको नेतृत्वमा सामाजिक सद्भावको भव्य र्‍याली

    धरान/ सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भावको सन्देश प्रवाह गर्दै सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आइतबार धरानमा भव्य सामाजिक सद्भाव र्‍याली सम्पन्न भएको छ। ‘सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गरौं’ भन्ने नारासहित आयोजित र्‍याली भानुचोकबाट सुरु भई छाताचोक, सिंहदेवी चोक, माछाभौडी हुँदै पुनः भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। विभिन्न जाति, भाषा, धर्म र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताले र्‍यालीले धरानको सामाजिक एकताको सन्देश झनै बलियो बनाएको थियो। कोणसभालाई सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र वि

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ५८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटबलमा चार विद्यालय सेमी फाइनलमा

    धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको तेस्रो दिन आज चार खेल भए । उक्त खेलमा हिमालयन मेघा एकाडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरी, पाराडाइज बोर्डिङ स्कुल, इटहरी र प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले आप्mनो खेलमा जित निकालेका छन् । विजेता चार विद्यालय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।  प्रतियोगिताको पहिलो खेलमा हिमालयन मेघा एकाडेमीले दिल्ली पब्लिक स्कुललाई ४०–१५ अङ्कले पराजित गरेको थियो । खेलमा हिमालयन मेघाले ११–२, १२–५, १०–४ र ८–४ अङ्कले

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ७२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved