धरानमा १ हजार ८ सय लागूऔषध चक्कीसहित दुई युवा पक्राउ

  • साउन १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–११ बानडाँडा लाइनबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका धरान–११ का ३१ वर्षीय डिकेन्द्र तामाङ र धनकुटाको पाख्रिबास नगरपालिका–५ का २० वर्षीय प्रजोल राईलाई रोकी खानतलासी गरेको थियो।

तलासीका क्रममा उनीहरूको साथबाट डी–साइक्लो (DCYCLO) ९०० पिस र ट्रामोल (TRAMOL) ९०० पिस, गरी १ हजार ८ सय लागूऔषध चक्की फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोरङमा जबरजस्ती कर ...

धरान/ मोरङ प्रहरीले जबरजस्ती करणी आरोपमा एक महिला सहित ...

डिपो बास्केटबलको उपा ...

धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन् ...

पुरा होला त जनयुद्धक ...

धरान/ फेरि दसौ पटक कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा च ...

उपचारकै क्रममा निभ्य ...

धरान/  सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved