स्थानीय

    Showing १,९११-१,९२० of ५,३४६ items.
  • कृषि पकेट क्षेत्रको नाममा धोका! धरानको मकैबाली फौजी किराको कव्जामा

    धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० लाई कृषि पकेट क्षेत्र घोषणा गरिए पनि किसानको खेतबारी भने फौजी कीराको कब्जामा परेको छ। कृषि योजनाको नाममा भाषण र कागजी प्रतिबद्धता मात्रै हुँदा यहाँका कृषक वर्षेनी झैँ यो साल पनि मकैबाली गुमाउने त्रासमा छन्। वडा नं. ६ अन्तर्गत पर्ने पानबारी, डाँगी, सतिससाले लगायतका क्षेत्रका किसान मकैबालीमा फैलिएको फौजी कीराका कारण हैरान छन्। वैशाखको अन्तिम साता देखिनै मकैबालीको गुबोभित्र पसेर पात खाने, बोट सुकाउने र बाली सखाप पार्ने कीराले किसानको मेहनत सडकमै आएको छ। "हामी मेहनत गर्छौं, मल–पानी, औषधि सबै गर्छौं तर कीराले बोटै सिध्याउँछ" किसान कृष्णब

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ५५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानजस्तो सहरमा बाँसको पुल! जोखिम मोलेर यात्रा गर्न बाध्य देउरालीबासी

    धरान/ पूर्वी नेपालकै सुन्दर र विकसित सहर मानिने धरान उपमहानगरपालिकाको मुटुमा पर्ने देउराली क्षेत्रका बासिन्दा अझै पनि बाँसको कच्ची पुलमार्फत जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्। धरान उपमहानगरपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने देउराली, आँपटार र ठिंगाबारीका स्थानीयले वर्षायाम सुरु भएसँगै निशाने खोलामा आउने बाढीका कारण बाँसको अस्थायी पुल निर्माण गरेका हुन्। खोला पार नगरी धरान बजारसम्म पुग्न नसकिने अवस्था भएपछि उनीहरूले यो जोखिमपूर्ण विकल्प रोज्नुपरेको हो। "धरानजस्तो ठाउँमा वर्षेनी हामी बाँसको पुल बनाउँदै हिँड्नुपर्छ भन्ने कुरो आफैंमा लाजमर्दो हो," एक स्थानीयले आक्रोश पोखे, "शहरमा सडक, भवन र

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • १,१९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनवर्षीबाट ३ सय किलो गाँजा बरामद, संलग्न फरार

    मोरङ।मोरङको सुनवर्षी नगरपालिका–७ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बुधवार बिहान करिब ३:१५ बजे उक्त गाँजा बरामद गरेको हो। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, ७ वटा बोरामा प्याक गरिएको अवस्थामा जम्मा ३ सय किलो गाँजा फेला परेको छ। बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। गाँजाको ओसारपसार र कारोबारमा संलग्न व्यक्ति भने घटनास्थलबाट फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको डीएसपी जोशीले

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • ८४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाको झण्डी डाँडा पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै

     धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ स्थित झण्डी डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। समुद्र सतहदेखि करिब १,३८० मिटर (४,५२७ फिट) उचाइमा अवस्थित यस डाँडाबाट मौसम खुलेको बेला तराईका फाँटहरूदेखि भारतको पश्चिम बंगालसम्मका दृश्यहरू अवलोकन गर्न सकिन्छ। झण्डी डाँडाले पर्यटकलाई मनोरम दृश्यहरू प्रदान गर्नुका साथै वरपर फिँजिएका लालिगुराँसका रुखहरूले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ। विशेषगरी वसन्त ऋतुमा लालिगुराँस फुल्दा यहाँ आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय हुने गरेको छ। यस क्षेत्र सुनाखरी फूलका लागि पनि प्रसिद्ध रहँदै आएको छ। यद्

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • १,०७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३३औँ स्थापना दिवसमा नेपाल प्रेस युनियन सुनसरीद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

    इटहरी/  नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा मङ्गलवार इटहरीमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। इटहरी उपमहानगरपालिका कार्यालय अगाडिबाट सुरु भएको र्‍यालीले विभिन्न चोकहरूको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कोणसभामा बोल्दै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले स्वरोजगारमुखी मिडिया हाउसहरूलाई सुदृढ बनाउन आवश्यक रहेको बताए। सञ्चारकर्मीहरूलाई आत्मनिर्भर बनाउने खालका संरचनागत पहलको खाँचो औंल्याउँदै उनले मिडिया क्षेत्रमा दिगो विकासका लागि स

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ४६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षाविद् गोकुल श्रेष्ठको अविश्रान्त यात्रा सार्वजनिक

    धरान/  शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठको आत्मकथामा आधारित ‘अविश्रान्त यात्रा’ पुस्तकको शनिवार विमोचन गरिएको छ । धरान ७ सिद्धि नेवाः परिषद्मा आयोजित एक कार्यक्रमका बीच शिक्षाविद् श्रेष्ठद्वरा लिखित अविश्रान्त यात्राको सार्वजनिक गरिएको हो ।लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित धरानका शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठले आफ्नै जीवनमा आधारित ‘अविश्रान्त यात्रा’ को विमोचन गरिएको छ । पुस्तकको विमोचन धरानका साहित्यकार, भाषाविद् प्रा.डा. टंक न्यौपानेले गरेका थिए । धरानको शिक्षा सदन माविमा प्रअको भूमिका लामो समयसम्म रहनु भएका श्रेष्ठले शिक्षा क्षेत्रमा गरेका सह्रानीय प्रय

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ५८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तराई–मधेसमा श्रद्धापूर्वक बट सावित्री व्रत मनाइँदै

    दुहबी/ सुनसरीको दुहबीसहित तराई–मधेसका विभिन्न जिल्लाहरूमा वैवाहिक महिलाहरूले आज बट सावित्री व्रत श्रद्धा र भक्ति भावसहित मनाइरहेका छन्। आफ्ना पतिको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै हिन्दू नारीहरूले यो व्रत विधिपूर्वक सम्पन्न गर्दै आएका छन्। ज्येष्ठ औंशीका दिन मनाइने यो व्रत विशेषगरी बट (बर) वृक्षको पूजा तथा सावित्री–सत्यवानको धार्मिक कथासँग सम्बन्धित छ। धार्मिक विश्वास अनुसार सावित्रीले आफ्ना मृत पति सत्यवानलाई यमराजसँग संझौता गर्दै पुनर्जीवन दिलाएको जनविश्वास छ। व्रतालु महिलाहरूले बिहानै स्नान गरी सादा वा धार्मिक वस्त्र धारण गरी पूजा सामग्रीसहित बटवृक्षमुनि पूजा

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ८८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • के मैदा साँच्चै नै हानिकारक हो त?

    अहिले प्राय सामजिक सन्जाल मा र प्राय भारत मा मम र चाउमिन मा मैदा को प्रयोग हुन्छ र यो प्रशोधित पिठो हो र फाइबरको अभावले पाचनमा समस्या ,कब्जियत र अपच हुने सम्भावना हुन्छ।   प्रशोधन गर्दा हानिकारक केमिकल (जस्तै: Benzoyl Peroxide, Potassium Bromate) प्रयोग हुन्छ त्यसैले मम चाउमिन हानिकारक खाध्य बस्तु हो भन्ने खालको पोस्ट देखिन्छ्।   के मम चाउमिन बास्तब मा शरिर को लागि हानि कारक छ ?  मैदा माथि भनिए झै हानिकारक खाध्य हो?  पहिले मैदा बाट के के बन्छ हेरौ है , प्राय सबै बेकरि प्रोडक्ट केक , पेस्ट्री , पाउरोटि डोनट ।   प्राय धेरै जसो भारतिय  स्नयाक्स समोसा,  नि

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • १,३५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजसंस्था समर्थकको चुनौती : “ओली एक्लै सडकमा हिँडेर देखाऊ”

    काठमाडौं/ राजसंस्था पुनःस्थापनाका पक्षमा आन्दोलनरत जनआन्दोलन परिचालन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ १५ गतेको दिन सडकमा एक्लै हिँडेर देखाउन कडा चुनौती दिएको छ। समितिले एक विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई उक्त दिन राजधानी कब्जा गर्न दिएको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै भनेको छ, “ज्ञानेन्द्र शाहझैँ एक्लै सडकमा हिँडेर देखाऊ।” समितिका प्रवक्ता स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “राजधानी कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ स्वयम्‌ सुरक्षाकर्मीको कब्जामा मात्र सुरक्षित छन् भन्ने प्रमाणित भएको छ। देश अह

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • ६६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागुऔषधसहित ७ जना पक्राउ, ठूलो मात्रामा गाँजासमेत बरामद

    धरान/  धरानमा लागुऔषध सम्बन्धी छुट्टाछुट्टै घटनामा सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूबाट विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध र ठूलो मात्रामा गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। धरान उपमहानगरपालिका वडा नं. ८ र ११ क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिससहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान–११ का १८ वर्षीय आशिष तामाङ, धरान–८ का २३ वर्षीय अनिल लिम्बू र १८ वर्षीय अनिल मगर, धरान–१७ का २२ वर्षीय राजकुमार राई, २८ वर्षीय अनिल मगर तथा धरान–१९ का १८ वर्षीय अनिष मगर रहेका छन्। यसैबीच, वै

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • २,४८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved