धरानमा लागुऔषधसहित ७ जना पक्राउ, ठूलो मात्रामा गाँजासमेत बरामद

  • जेठ १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा लागुऔषध सम्बन्धी छुट्टाछुट्टै घटनामा सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूबाट विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध र ठूलो मात्रामा गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

धरान उपमहानगरपालिका वडा नं. ८ र ११ क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिससहित ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धरान–११ का १८ वर्षीय आशिष तामाङ, धरान–८ का २३ वर्षीय अनिल लिम्बू र १८ वर्षीय अनिल मगर, धरान–१७ का २२ वर्षीय राजकुमार राई, २८ वर्षीय अनिल मगर तथा धरान–१९ का १८ वर्षीय अनिष मगर रहेका छन्।

यसैबीच, वैशाख १० गते धरान–१५ स्थित देवी गाउँबाट ठूलो परिमाणको गाँजासहित धनकुटा चौबिसे गाउँपालिका–२ का २० वर्षीय अर्जुन लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ।

लिम्बूलाई प्रदेश १–०२–०४४ प ४३२० नम्बरको मोटरसाइकलमा ४ वटा बोरामा गाँजा लोड गरी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनको साथबाट करिब ८२ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। सबै घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय धरानमार्फत भइरहेको छ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved