के मैदा साँच्चै नै हानिकारक हो त?
- जेठ १२, २०८२
- कोशीपत्र/संवाददाता
अहिले प्राय सामजिक सन्जाल मा र प्राय भारत मा मम र चाउमिन मा मैदा को प्रयोग हुन्छ र यो प्रशोधित पिठो हो र फाइबरको अभावले पाचनमा समस्या ,कब्जियत र अपच हुने सम्भावना हुन्छ।
प्रशोधन गर्दा हानिकारक केमिकल (जस्तै: Benzoyl Peroxide, Potassium Bromate) प्रयोग हुन्छ त्यसैले मम चाउमिन हानिकारक खाध्य बस्तु हो भन्ने खालको पोस्ट देखिन्छ्।
के मम चाउमिन बास्तब मा शरिर को लागि हानि कारक छ ? मैदा माथि भनिए झै हानिकारक खाध्य हो?
पहिले मैदा बाट के के बन्छ हेरौ है , प्राय सबै बेकरि प्रोडक्ट केक , पेस्ट्री , पाउरोटि डोनट ।
प्राय धेरै जसो भारतिय स्नयाक्स समोसा, निम्की , छोला भटुरा कचौरी , जुलेबि , खजुरी आदि ।
अब माथि हानिकारक भनिएको पहिलो पोइन्ट , फाइबर को अभाव ले पच्न समस्या हुने , कब्जियत हुने सम्भावना ।
यो सम्भावना तब रहन्छ जब मैदा मात्र खाइन्छ या मैदा सङ फाइबर युक्त खाध्य खाइदैन , मम र चाउमिन मा फाइबर युक्त भेजिटेबल प्रसस्त मात्रा मिसाइएको हुन्छ । चाउमिन मा तअझ धेरै जसले गर्दा पाचन मा समस्या हुने कब्जियत हुने सम्भावना हुदैन र पौष्टिक रुप मा सन्तुलित पनि हुन्छ्।
बेकरी प्रोडक्ट मा प्राय फाबर युक्त अरु खाद्य मिसाएको भेटिदैन तर अहिले कोदो को , मल्टिग्रेन , आटाको बेकरि प्रोडक्ट को कन्सेप्ट शुरु हुदैछ्।
भारतिय स्न्याक्स समोसा , कचौरि , निम्कि , आदि मा पनि फाबर युक्त खाध्य मिसाएको कमै भेटिन्छ्।
दोस्रो समस्या भनेको मैदा सेतो पार्न लाइ प्रयोग हुने केमिकल । यो प्राय धेरै देश मा निषेधित छ्। मैदा किन्दा राम्रो कम्पनि र प्याकेट मा लेखिएको पढ्यौ र केमिकल रहित किन्यौ भने यो समस्या आउदैन ।
मैदा आफै मा हानिकारक होइन तर मैदा को मात्र प्रोडक्ट खान चै समस्या हो।
अरु फाइबर युक्त खाना को साथ मा केहि मैदा को प्रोडक्ट खायौ भने केहि समस्या पर्दैन ।
"गगनमान श्रेष्ठ UN कलेज धरानका HM संयोजक हुन्।"