स्थानीय

    Showing १,६२१-१,६३० of ५,३४४ items.
  • संस्थागत अनुभव र स्पष्ट दृष्टिकोणका साथ गोपाल श्रेष्ठ अध्यक्ष पदमा अघि बढ्दै 

    धरान/ धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको माहोल तात्दै गएको छ। यो पटक संघको नेतृत्वमा दृढ संकल्प, अनुभव र नवीन सोच बोकेका गोपाल श्रेष्ठ बलियो उम्मेदवारका रूपमा अघि बढेका छन्। संघमा २०४७ सालदेखि निरन्तर योगदान दिँदै आएका श्रेष्ठ हालको कार्यसमितिमा प्रथम उपाध्यक्ष हुन्। उनले कार्यकारिणी सदस्यदेखि कोषाध्यक्ष, सल्लाहकार, उद्योग सचिवसम्मका जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन्।   अब संघलाई आधुनिक, प्रभावशाली र व्यवसायी हितमैत्री बनाउने लक्ष्यसहित अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। अनुभव र योगदानको दह्रो आधार गोपाल श्रेष्ठ केवल उम्

    • प्रकाशित मितिः असार २६, २०८२
    • ७७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा मकैको ढोडले छोपेर लुकाइएको गाँजा बरामद, दुई युवक पक्राउ

    धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैको ढोडले छोपेर लुकाइएको अवस्थामा फेला परेको गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले मंगलबार साँझ ७ बजे गुरुदयाल यादवको घरमा खानतलासी गरेको थियो। सो क्रममा यादवको गोठघरमा बोरामा हालेर मकैको ढोडले छोपिएको अवस्थामा ५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनासँग सम्बन्धित आरोपमा घरधनी गुरुदयाल यादवका छोरा २० वर्षीय प्रकाश यादव र १९ वर्षीय धिरज यादवलाई प्रहरीले पक्राउ गरेको हो। हाल पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुस

    • प्रकाशित मितिः असार २६, २०८२
    • १,०८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सशस्त्र अपरेशनमा ठूलो सफलता, उखुबारीबाट २६ बोरा गाँजा बरामद

    विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ। बुधबार साँझ विशेष सूचनाको आधारमा गरिएको संयुक्त अपरेशनमा सुरक्षाकर्मीले २६ बोरा गाँजा फेला पारेका हुन्। उखुबारीको झाडीबीचमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन्। बरामद गरिएको गाँजा अहिले प्रहरीको नियन्त्रणमा छ। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेकाले खोजी र अनुसन्धानको प्रक्रिया तीव्र पारिएको प्रहरीले जनाएको छ। गाँजाको ओसारपसारम

    • प्रकाशित मितिः असार २६, २०८२
    • १,०५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पत्नीको छुरा प्रहारबाट श्रीमान घाइते

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१७ साउने बस्तीमा एक महिलाले घरायसी विवादका क्रममा आफ्नै श्रीमानमाथि छुरा प्रहार गरेकी छन्। आइतबार राति करिब ९ः३० बजे सरिता राईले आफ्ना ५० वर्षीय श्रीमान वीर बहादुर राईमाथि तरकारी काट्ने छुराले प्रहार गरेकी हुन्। छुरा प्रहारबाट राईको दाहिने हातको पञ्जा, छाती र पेटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते राईलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ। घटनापछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ३१ वर्षीया सरिता राईलाई नियन्त्रणमा लिएको छ। घटना धर

    • प्रकाशित मितिः असार २६, २०८२
    • २,४१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नगरप्रमुख र जनप्रतिनिधिबिच गैरकानुनी सहमति

    धरान उपमहानगरपालिकामा केही दिनयता चर्किएको ‘भुक्तानी–विवाद’ तत्काललाई साम्य भएको छ । श्रमदानबाट निर्माण सम्पन्न भनिएको धरान–१६ को बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माण कार्यमा भएको खर्च नगरपालिका कोषबाट निकाल्न डोर हाजिरी गरेको विषय सार्वजनिक भएपछि ठुलै विवाद भएको थियो । श्रमदानबाट निर्माण सम्पन्न भइसकेको कार्यका लागि नगर कोषबाट भुक्तानी दिन नगर प्रमुख हर्कराज (साम्पाङ) राईले दवाब दिएपछि उपप्रमुख अइन्द्रविक्रम बेघाले भुक्तानी प्रक्रियामा सहभागी हुन अस्वीकार गरेका थिए । ऐनअन्सार नगरपालिकाअन्तर्गत सम्पन्न कार्यको अनुगमन उपप्रमुखले गरेपछि मात्र भुक्तानी प्रक्रिया अघि

    • प्रकाशित मितिः असार २६, २०८२
    • ५७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक संजालमा अफवाह फैलाउने भिडियो बनाउने युवक पक्राउ

    धरान/ सामाजिक सञ्जाल TikTok मार्फत धर्म विशेषप्रति अपमानजनक भाषा प्रयोग गर्दै धार्मिक विद्वेष फैलाउने प्रयासमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीको कोशी गाउँपालिका–३, नहरचौकका २२ वर्षीय साहिल अंसारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अंसारीले धर्म विशेषलाई लक्षित गर्दै अश्लील तथा उत्तेजनात्मक शब्द प्रयोग गरी समाजमा धार्मिक हिंसा भड्काउने आशंकाको भिडियो तयार पारेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत ‘विद्युतीय अपराध’ शीर्षकमा मुद्दा दर्ता गरी सुनसरी जिल्ला

    • प्रकाशित मितिः असार २६, २०८२
    • ७९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज गुरु पूर्णिमा र व्यास जयन्ती श्रद्धाभावका साथ मनाइँदै

    धरान/ आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर गुरुपूर्णिमा तथा व्यास जयन्ती श्रद्धा, भक्तिभाव र विविध कार्यक्रमसहित मनाइँदैछ।  धर्मशास्त्र र तन्त्रशास्त्रका पुस्तकमा उल्लिखित अनुसार, ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश हो। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गर्ने व्यक्तिलाई गुरु भनिन्छ। नेपाल पञ्चांग निर्णायक समितिक अनुसार, अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु मानिन्छ। गुरुप्रति श्रद्धा व्यक्त गर्दै शिक्षालयदेखि मठमन्दिरसम्म गुरु–शिष्य परम्पराको महत्त्व उजागर गरिँदैछ। गुरुपूर्णिमा हिन्दू परम्परामा ज्ञान, संस्कार र

    • प्रकाशित मितिः असार २६, २०८२
    • ४६३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीका पत्रकार आन्दोलित,इटहरीका मेयरलाई आरोप पुष्टि गर्न चेतावानी

    इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलित भएका छन । इटहरी क्षेत्रको समग्र पत्रकारितालाई आक्षेप लगाउने गरि दिएको अभिव्यक्ति विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरी आन्दोलित भएको हो । गत शुक्रवार बिहान नगरप्रमुख पौडेलले आफ्नो आधिकारिक फेसबुक पेजमा कुनै प्रमाणबिना नै इटहरीको समग्र पत्रकारिता ‘दानापानी नझरेपछि लाज छोप्न समाचार प्रकाशन गर्ने गरेको आरोप लगाएका थिए । उनले समग्रमा पत्रकारलाई लाञ्छना लगाएको तर प्रमाण नदिएको भन्दै पत्रकार महासंघ आन्दोलित भएको हो । बुधवार नगरप्रमुख पौडेललाई पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा गएको टोलीले ज्

    • प्रकाशित मितिः असार २५, २०८२
    • ५२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामुदायिक स्कुल ओरालो लाग्दा धरानको पब्लिक हाईस्कुल चढ्यो शिखर , जिल्लाकै उत्कृष्ट

    धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको औसत परिणाममा केही सुधार देखाए पनि धरान क्षेत्रका अधिकांश सरकारी स्कुलहरूको अवस्था भने चिन्ताजनक देखिएको छ। यसैबीच, धरानको पब्लिक हाईस्कुल भने जिल्लाकै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। ८४,९२५ विद्यार्थी उत्तीर्ण, १७ जना ३,६ जीपीएभन्दा माथिको नतिजा ल्याउन सफल — यसले धरानका अन्य सामुदायिक विद्यालयको तुलनामा पब्लिक हाईस्कुल किन अग्रस्थानमा रहन सफल भयो भन्ने प्रश्न उठाउँछ। प्रधानाध्यापक डा.इन्द्र मोहन झाले भने,, “यो लज्जास्पद अवस्था भन्न मिल्दैन, तर समग्र सामुदायिक स्कुलले आत्मसमीक्षा गर्नु पर्ने अवस्था पक्कै हो।” उन

    • प्रकाशित मितिः असार २५, २०८२
    • २,०३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री ओली शनिबार झापा–इलामका विकास योजना उद्घाटन गर्न आउँदै

    धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली शनिबार झापा र इलामका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन आउँदै छन्। दुई दिने पूर्वी दौडानमा उनले अस्पताल उद्घाटनदेखि खानेपानी आयोजना र सडक शिलान्याससम्मका कार्यहरूमा सहभागिता जनाउने कार्यक्रम छ। एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार प्रधानमन्त्री ओली आइतबार र सोमबार (असार २९ र ३०) इलाम र झापाका विभिन्न स्थानमा पुग्ने छन्। आइतबार बिहान बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने अस्पतालको उद्घाटनपछि उनी इलामको माई नगरपालिकातर्फ जानेछन्। माई नगरपालिकामा ओलीले नगर अस्पताल उद्घाटन गर्नुका साथै जग्गा धनीपूर्जा वितरण तथा ख

    • प्रकाशित मितिः असार २५, २०८२
    • ५३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved