आज गुरु पूर्णिमा र व्यास जयन्ती श्रद्धाभावका साथ मनाइँदै

  • असार २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर: एआई

धरान/ आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर गुरुपूर्णिमा तथा व्यास जयन्ती श्रद्धा, भक्तिभाव र विविध कार्यक्रमसहित मनाइँदैछ।

 धर्मशास्त्र र तन्त्रशास्त्रका पुस्तकमा उल्लिखित अनुसार, ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश हो।

ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गर्ने व्यक्तिलाई गुरु भनिन्छ। नेपाल पञ्चांग निर्णायक समितिक अनुसार, अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु मानिन्छ।

गुरुप्रति श्रद्धा व्यक्त गर्दै शिक्षालयदेखि मठमन्दिरसम्म गुरु–शिष्य परम्पराको महत्त्व उजागर गरिँदैछ।

गुरुपूर्णिमा हिन्दू परम्परामा ज्ञान, संस्कार र सदाचरण दिने गुरुजनप्रति सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन हो।

यही दिन महर्षि वेदव्यासको जन्म भएको विश्वास गरिएकाले व्यास जयन्तीका रुपमा समेत मनाइन्छ। वेद, पुराण र महाभारतजस्ता धार्मिक ग्रन्थका रचयिता व्यासलाई सनातन धर्ममा अद्वितीय विद्वानका रूपमा मानिन्छ।

विद्यालय, गुठी, मठमन्दिर तथा धार्मिक संस्थाहरूमा विशेष पूजाआजा, प्रवचन तथा सत्संग कार्यक्रम हुँदैछन्। विद्यार्थीहरू आ–आफ्ना गुरुजनहरूलाई पुष्प, माला, तिलक तथा उपहार अर्पण गर्दै श्रद्धा प्रकट गरिरहेका छन्।

शास्त्र अनुसार गुरुलाई ब्रह्मा, विष्णु र महेशको रूपमा व्याख्या गरिँदै आएको छ — "गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुरेव महेश्वरः..." भन्ने मन्त्रले गुरुलाई सृष्टि, पालन र संहारकर्ताको प्रतीक मानेको छ।

धार्मिक बौद्धिकहरूका अनुसार गुरु विना ज्ञान प्राप्ति अधुरो हुने भएकाले गुरुपूर्णिमा आत्म–अनुशासन, कृतज्ञता र ज्ञान–आदरको प्रतीक हो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved