सामाजिक संजालमा अफवाह फैलाउने भिडियो बनाउने युवक पक्राउ

  • असार २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सामाजिक सञ्जाल TikTok मार्फत धर्म विशेषप्रति अपमानजनक भाषा प्रयोग गर्दै धार्मिक विद्वेष फैलाउने प्रयासमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्ने व्यक्ति सुनसरीको कोशी गाउँपालिका–३, नहरचौकका २२ वर्षीय साहिल अंसारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार अंसारीले धर्म विशेषलाई लक्षित गर्दै अश्लील तथा उत्तेजनात्मक शब्द प्रयोग गरी समाजमा धार्मिक हिंसा भड्काउने आशंकाको भिडियो तयार पारेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत ‘विद्युतीय अपराध’ शीर्षकमा मुद्दा दर्ता गरी सुनसरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर हाल अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved