धरान/ धरान उपमहानगरपालिकाको कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको फुलकोपीमा अत्यधिक मात्रामा विषादी भेटिएपछि २ हजार ४१२ केजी फुलकोपी नष्ट गरिएको छ। मंगलबार बिहान गरिएको नियमित विषादी परीक्षणका क्रममा मकवानपुर स्थित पालुङबाट ल्याइएको उक्त फुलकोपीमा ९७.४०१४ प्रतिशत विषादी अवशेष पाइएको थियो। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले गरेको परीक्षणमा मानव उपभोगका लागि अयोग्य ठहरिएपछि फुलकोपी तत्काल नष्ट गरिएको उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाले जानकारी दिए। उनका अनुसार यसअघि पनि कृषि बजारमा केही तरकारीमा विषादी भेटिए पनि यति धेरै मात्रामा विषादी भेटिएको यो पहिलो पटक हो। &
विराटनगर/ कोशी लोकमार्गअन्तर्गत धनकुटाको गोठगाउँमा सोमबार यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो। दुर्घटनामा बस चालक धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। जसमध्ये राईको घटनास्थलमै र अन्य दुई जनाको धरानस्थित विपी कोइरा
धरान/ लोकसंगीतप्रेमीहरूबीच परिचित गायिका सरस्वती रिमालले आफ्नो नयाँ योग गीत “धेरै तिर धाए मैले धेरै दुःख पाए” सार्वजनिक गरेकी छन्। युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतमा जीवनका संघर्ष, माया र गहिरो अनुभूतिलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। योग गीत भन्नाले केवल भौतिक प्रेम वा मनोरञ्जनभन्दा पर, मानिसको जीवनयात्रा, आत्मानुभूति र आध्यात्मिक भावनालाई समेटिएको संगीतलाई जनाइन्छ। यस गीतमा पनि व्यक्तिको जीवनमा भोगिएका दुःख, भौतिक मोह, संघर्ष र त्यसबाट प्राप्त आत्मचिन्तन झल्किन्छ। गीतले श्रोतालाई आफ्नै जीवनसँग तुलना गर्न बाध्य पार्ने खालको भाव बोकेको छ। भिडियो : गीतमा शब
धरान/धरान उपमहानगरपालिका वडा नं. १७ मा निर्माणाधीन सार्वजनिक शौचालयका लागि हङकङस्थित धरान १७ समाजको महत्वपूर्ण सहयोग रहेको जनाउँदै समाजका अध्यक्ष मधुकुमार चाम्लिङलाई आइतवार विशेष समारोहबीच सम्मान गरिएको छ। वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष चाम्लिङलाई खदा ओढाइ मायाको चिनोस्वरूप खुकुरी प्रदान गर्दै सम्मान गरिएको हो। केही दिनअगाडि बिदामा नेपाल आएका अध्यक्ष चाम्लिङलाई विदेशमा रहेर पनि वडाको विकासमा सक्रिय योगदान पुर्याएको कदरस्वरूप सम्मान गरिएको वडा अध्यक्ष मनोज भट्टराईले जानकारी दिए। अध्यक्ष चाम्लिङले हङकङमा रहँदै वडामा निर्माण भइरहेको सार्वजनिक शौचालयका लागि सहयोग संकलन अभि
काठमाडौं/नेपाल सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न पटक–पटक आह्वान गरे पनि मेटाजस्ता ठूला प्लेटफर्महरूले अझै दर्ता गरेका छैनन्। अन्तिमपटक २०८१ चैत ७ मा ३० दिनको समयसीमा तोकिएको थियो। त्यो अवधिमा कुनै ठूला सामाजिक सञ्जालले दर्ताका लागि निवेदन दिएनन्। त्यसपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मौखिक रूपमा थप साताको समय दिए। तर त्यो समयसीमामा पनि दर्ता भएन। दर्ता नगरी सामाजिक सञ्जालले सरकारका आह्वानलाई बेवास्ता गरेपछि अब के गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ। सञ्चारमन्त्री गुरुङले दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए। तर, मेटासहित कुनै पनि प्लेटफर्मले दर्ताका लागि चासो नदेखाएपछि सर
धरान/ धरानमा लागू औषध गाँजासहित एक युवकलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो करिब १ः५० बजे धरान उपमहानगरपालिका–४ स्थित लामाचौरमा चेकजाँचको क्रममा प्रहरीले १५ किलो गाँजा बरामद गरेको हो। धनकुटाबाट धरानतर्फ आइरहेको बा. ४२ प. ९८३६ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले शंका लागेर रोकेर जाँच गर्दा मोटरसाइकलको पछाडि रहेको रातो जेब्रा झोलाभित्र सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल चालक धनकुटा चौबिसे गाउँपालिका–३ का १९ वर्षीय सुजन राईलाई पक्राउ गरिएको छ। उनीमाथि लागू औषध (
झापा/ झापाको कनकाई नगरपालिका–५ स्थित सुरुङ्गा–झापा सडकखण्डमा प्रहरीले करिब २०० ग्राम प्रतिबन्धित लागुऔषध ‘ब्राउनसुगर’ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार शरणामतीबाट सुरुङ्गातर्फ आइरहेको भारतीय नम्बर प्लेट (BR 37 T 9198) को मोटरसाइकलमा रहेको झोलाबाट उक्त परिमाणको ब्राउनसुगर फेला परेको हो। आज बिहान करिब ८ः४० बजे प्रहरी टोलीले शङ्कास्पद मोटरसाइकललाई रोकेर जाँच गर्ने प्रयास गर्दा चालक मोटरसाइकल र झोला छाडेर फरार भएका थिए। प्रहरीलाई देख्नेबित्तिकै उनी फरार भएपछि रोक्न दुई राउन्ड हवाई फायरसमे
धरान/ तेह्रथुम जिल्लाको लालीगुरास नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर पालिकाभित्र रहेका कृषहरुको कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ । यसै क्रममा नगरपालिकाले कृषकहरुले उत्पादन गरेको कृषि सामाग्री बजारसम्म पुर्याउनको लागि कृषि एम्बुलेन्स खरिद गरेको हो । लाली गुरास नगरपालिकाका मेयर अर्जुन मावुहाङले कृषकले उत्पादन गरेको सामाग्री बजारसम्म पुर्याउन सहज होस् भन्ने अभिप्रायले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको बताए । उनले भने–‘ हप्तामा एक कृषकको पाँच हजार सम्मको तरकारी सागसब्जी बोक्छ । गृहिणी मार्फत भुक्तान गरिन्छ। गाडी हिंउद, बर्षा प्रत्येक किसानका घरघरम
धरान/ कोसी प्रदेशको लगानी सम्मेलनमा ४६ वटा परियोजना सञ्चालनको लागि सम्झौता भएपनि धरानको लागि कुनै परियोजना परेको छैन । जस्ले गर्दा धरानका जनप्रतिनिधीहरुको चर्को आलोचना भएको छ ।धरानवासीले सरकार र जनप्रतिनिधीको चासो र समन्वय हुन नसक्दा उपेक्षामा परेको गुनासो गरेका छन् । प्रदेश सरकारले ७१ वटा परियोजनाको कुल १ खर्ब ७३ अर्ब ४९ करोड लगानी अनुमान सहित लगानी सम्मेलन सुरु गरि उक्त सम्मेलनमा ४६ परियोजनामा १ खर्ब ५२ अरब १९ करोडका परियोजनामा सम्झौता भएको छ। सबैभन्दा ठलो परियोजनाको रूपमा किङ्कर म्यानुफ्याक्चरिङ प्लान्ट परियोजनाकालागि ३२ अर्बको सम्झौता भएको छ। त्यस्तै ग्रिन युरिया मानुफ्याक्चरिङ फेस
धनकुटा/ धनकुटा नगरपालिका–६ गोलाइ नजिकै आज बिहान भएको एक यात्रुवाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस ब्रेक फेल भई बिहान १०:१० बजे सडकबाट करिब ५० मिटर तल खसेको हो। दुर्घटनामा परी ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा बिहान ११:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। दुर्घटनामा घाइते भएका १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँकी घाइत