स्थानीय

    Showing 1,211-1,220 of 5,047 items.
  • प्रहरीमा बढ्दो असन्तुष्टि: २ हजार बढीको राजीनामा

    काठमाडौं/  एक वर्षको अवधिमा २,३६९ प्रहरीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन् । प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकास लगायतमा देखिएको असन्तुष्टिको असर राजीनामामा देखिएको हो । कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो । यस्तै गत आर्थिक वर्षमा

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 504 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्लेन चढेर गएकाहरु बाकसमा एक हजार बढीको मृत्युवरण,७० जनाको शव अलपत्र

    धरान/ सुन्दर सपना बोकेर धन कमाउन प्लेन चढेर विदेश गएकाहरु अन्ततः विदेशमा नै मृत्युबरण भएका छन् । वैदेशिक वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्षको उपलब्धी सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार भेटघाटमा रोजगारीका सिलसिलामा विभिन्न देशमा मृत्युवरण गरेका एक हजार १८० नेपालीको शव स्वदेशमा ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ । त्यसमध्ये विदेशमा अलपत्र भएका ७० शव छन् । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले विदेशबाट शव ल्याउने सिलसिला अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको भन्दै उप्रेतीले शवलाई सम्बन्धित परिवारसम्म पुर्याउन थप शव वाहन (एम्बुलेन्स) को आवश्यकता रहेको औल्य

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 563 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो स्कुलद्वारा आयोजित मेजर श्रवणकुमार मेमोरियल बास्केटबल प्रतियोगिता सुरु, पहिलो दिन चार टिम विजयी

    धरान/डिपो स्कुलको आयोजनामा विद्यालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप बिहीबारदेखि सुरु भएको छ। उद्घाटन दिनको खेलमा प्रभात स्कुल, आइडल स्कुल, काम्रेल स्कुल र हिमशिखर स्कुल तरहराले जित निकालेका छन्। कोशी प्रदेशका माननीय सांसद विजयकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा डिपो स्कुलका अध्यक्ष क्याप्टेन अम्मरबहादुर लिम्वु र प्रमुख अतिथिले संयुक्त रूपमा पानसमा दिप प्रज्वलन गर्दै प्रतियोगिताको सुरुवात गरेका थिए। कार्यक्रममा अध्यक्ष लिम्वुले विद्यालयका पूर्व अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्वुको योगदान र प्रतियोगिताको उद्देश्यबारे प्रकाश पारे। प्रभात स्कुलले

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक कट्ठाबाट सुरु, करोडौं आम्दानीसम्म: विर्तामोडका प्रदीपको बेमिसाल कृषियात्रा

     झापा/ “सपना हो कि हकीकतरु” लाग्न सक्छ, जब सुन्नुहुन्छ – विर्तामोड–७ का एक युवकले एक कट्ठा खेतबाट सुरु गरेको तरकारीखेतीले अहिले करोडौं आम्दानी दिइरहेको छ। यही हो, प्रदीप खनालको सफल कृषियात्रा। सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर हातमा कोदालो समातेका खनाल अहिले ‘हाम्रो कृषि फार्म’मार्फत व्यावसायिक रूपमा उभिएका छन्। अहिले उनी भाडामा लिएको ४५ बिगाहा जमिनमध्ये १६ कट्ठामा मात्र बोडीखेती गरेर दैनिक ५०० केजी बोडी उत्पादन गरिरहेका छन्। “फार्मको बोडी नगरपालिकाका सात वटा सुपथ मूल्य पसलमा बिक्री हुन्छ,” खनाल भन्छन्, “बजार मूल्य घटे पनि नगर

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज खीर दिवस, साउन १५ मा किन खीर खाने ?

    काठमाडौं/ आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा।डा। रामचन्द्र गौतम बताउँछन् । ‘साउन महिनामा गाउँघरमा पनि खेतीपात

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 527 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि आव्हान

    विराटनगर/ राजविराज स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न ईच्छुक उद्योगीहरुका लागि उपलब्ध हुने सेवा, सुविधाका लगायतका विषयमा उद्योग संगठन मोरङ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा अन्तरक्रिया भएको छ । अन्तरक्रियामा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले वर्तमान समयमा नीजि क्ष्ँेत्रले उद्योग स्थापना गर्नका लागि आवश्यक पूर्वाधार विकासमा ठूलो रकम खर्च गर्नुपरिरहेकाले अन्य कुराको व्यवस्थापनमा कठिनाई सिर्जना हुदै आएको वताए । औद्योगिक क्ष्ँेत्रको आवश्यकतालाई मध्यनजर गरी संगठनले लामो समय देखि यस क्ष्ँेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकार समक्ष्ँ पहल ग

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हात्ती आतंकले ९७ जनाको मृत्यु,४१ वटा हात्तीको मृत्यु

    विराटनगर/  बर्षेनी हुने हात्ती आतंकका कारण कोशी प्रदेशमा ९७ जना मानिसको मृत्यु भएको छ।यो दुई दशकको समया अवधिमा मान र हात्ती द्वन्द्व अत्यन्तै जटिल बन्दै गएको छ । प्रदेश वन निर्देशनालय धरानका अनुसार आर्थिक वर्ष २०६२–०६३ देखि हालसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा जंगली हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भइसकेको छ ।हात्तीको आक्रमणबाट ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका छन् । यसै अवधिमा ४१ वटा जंगली हात्ती पनि मरेका छन् । कतिपय हात्ती गोली हानेर मारिएको अवस्थामा भेटिएका छन् । कतिपय करेन्ट लागेर र केही आफैं मृत फेला पर्ने गरेका छन् ।निर्देशनालयका प्रमुख डा. इन्द

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 451 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा सवारी दुर्घटना डरलाग्दो ट्राफिक अवज्ञाबाट ४सय १८ को मृत्यु

    विराटनगर/ कोशी प्रदेशमा ट्राफिक नियमको अवज्ञा र लापरवाहीका कारण सोही अवधिमा ४१८ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने २ लाखभन्दा बढी सवारीसाधनलाई कारबाहीमा परेका छन भने चार सय १८ जनाल ज्यान गुमाएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार २ लाख १३ हजार ६९५ सवारीसाधन कारबाहीमा परेका छन्। यसबाट १६ करोड २९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।प्रदेशका १४ वटै जिल्लामा क्रियाशील ९६ ट्राफिक इकाइहरूले नियमित चेकजाँच, निगरानी तथा प्रविधिको प्रयोगमार्फत कारबाही अभियान सञ्चालन गरेका थिए। प्

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ

    धरान/ लागू औषधको कारोबार नियन्त्रण अभियान अन्तर्गत सुनसरी प्रहरीले विशेष सूचनाको आधारमा दुई युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। मंगलबार साँझ  सुनसरीको ईनरुवा नगरपालिका–४ बसचोकस्थित चिरौलिचोकबाट ईनरुवा तर्फ पैदल आउँदै गरेका दुई युवाको साथबाट लागू औषध फेला परेको हो। अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा लागू औषध ब्राउन सुगर  बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङ, सुन्दरहरैचा नगरपालिका–६ का २४ वर्षीय कुमार राई र सुनसरी, ईटहरी उपमहानगरपालिका–१७ का करिब २९ वर्षीय 

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 955 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा बाख्राको खोरमा लुकाएर राखिएको लागुऔषधसहित दम्पती पक्राउ

    सुनसरी/  विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरामा ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। प्रहरीले लागुऔषधसहित एक दम्पतीलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ ६:४५ बजे राजु शर्मा नामक ५० वर्षीय व्यक्तिको घर नजिकै रहेको बाख्राको खोरमा खानतलासी गरेको थियो। प्रहरीले खोरभित्र लुकाइ–छिपाई राखिएको अवस्थामा २१०० क्याप्सुल ट्रामाडोल (Tramadol Hydrochloride Capsules I.P.) र ५४० ट्याब्लेट स्पास्मो प्रोक्सिभन (Spasmo Proxyvon) बरामद गरेको छ। साथै, उक्त लागुऔषध

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 1,006 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved