धरानमा टिफरको ठक्करबाट एक महिलाको मृत्यु

  • असोज १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

धरान/धरान–८ हिमाली पेट्रोल पम्प छेउस्थित कोशी लोकमार्गमा बिहिबार दिउँसो टिफरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ।

धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिफरले करिब ३४–३५ वर्षको महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइते भएकी महिलालाई उपचारका लागि तत्काल वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर भएको र दिउँसो करिब २:४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

घटनास्थलमा प्रहरी चौकी धरानका प्रहरी नायब निरीक्षक छबिलाल भण्डारीको कमाण्डमा प्रहरी टोली पुगेको थियो। टिफर चालक मोरङ, केरावारी गाउँपालिका–६ का ५२ वर्षीय सोमबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतकको पहिचान भने खुलेको छैन। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved