प्रहरी चौकीलाई झ्यालमा पर्दा वितरण

  • असोज ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुन्दरहरैंचा/  मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गछियास्थित प्रहरी चौकीलाई स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले झ्यालमा लगाउने पर्दा वितरण गरेको छ।

वडा अध्यक्ष भुवन सिंह आले मगरको उपस्थितिमा समाजका अध्यक्ष नेत्र प्रसाद चम्लागाईसहितको टोलीले २९ थान पर्दा उपलब्ध गराएको समाजका प्रवक्ता नरबहादुर गुरुङले जानकारी दिए।

संक्षिप्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष आले मगरले प्रहरी चौकीलाई आवश्यक सामग्री उपलब्ध गराएर नागरिक समाजले प्रशंसनीय कार्य गरेको बताए। त्यस्तै, समाजका अध्यक्ष चम्लागाईले प्रहरी चौकीलाई सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रहरी चौकी गछियाका इन्चार्ज गणेश दाहालले सहयोगका लागि समाजलाई धन्यवाद दिँदै चाडपर्व नजिकिएकाले कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न स्थानीयलाई आग्रह गरे।

कार्यक्रममा समाजका पदाधिकारी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved