मौकामा चौका यातायातमा सेटिङ,६ सयबढी सवारी दर्ता

  • असोज ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt -सुमन पुरी

विराटनगर/  जेनजी आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएपछि सेवा स्थगित भएको यातायात व्यवस्था कार्यालयल सवारी कोशीले निजी गाडी कम्पनीसँगको सेटिङमा नयाँ सवारी दर्ता गरेको छ ।

व्यक्तिको घरमा कार्यालय खडा गरेर कार्यालयका प्रमुख बाबुराम लुइँटेलले नयाँ सवारी दर्ता गरिदिएका हुन । उनले असोज ५ र ७ गते नयाँ सवारी दर्ता गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीले जनाएको छ ।भदौ २४ गते भएको आन्दोलनका क्रममा यातायात कार्यालय सुनसरीमा तोडफोड र आगजनी भएको छ ।

आगजनी पछि कार्यालयबाट काम गर्न सक्ने अवस्था छैन । सेवा सञ्चालन गर्न नसक्ने अवस्थापछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले मातहतका सबै यातायात कार्यालयलाई सेवा रोक्न परिपत्र गरेको छ ।मन्त्रालयको परिपत्रलाई उल्लंघन गर्दै कार्यालय प्रमुख लुइँटेलले गाडी कम्पनीको स्वार्थका लागि सवारी दर्ता गरेका छन् ।

दशैँका बेला नयाँ सवारी साधन खरिद अत्यधिक हुने गर्छ ।कार्यालयले सेवा दिन नसक्ने भएपछि कार्यालय प्रमुखसङको सेटिङमा नयाँ सवारी साधनको दर्ता गरिएको स्रोतले बतायो ।आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीका अनुसार असोज ५ गते ५ सय र ७ गते १ सय चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीका साधन दर्ता गरिएको छ ।

कुन–कुन कम्पनीका कति नयाँ सवारी दर्ता भए भन्ने रुजु भइरहेको बताइएको छ ।नयाँ सवारी दर्ता गर्न बैंकमा राजस्व जम्मा भए पनि सवारी कार्यालयले सफ्टवेयरबाट अनुमति दिनु पर्छ । नयाँ सवारी दर्ताका लागि यातायात व्यवस्था कार्यालय सवारी कोशीको युजर आईडी प्रयोग भएको देखिएको मन्त्रालयले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी सुनसरी कार्यालयका प्रमुख बाबुराम लुइँटेलले नयाँ सवारी दर्ता भएको स्वीकार गरे । उनले गाडी कम्पनीले बैंकमा राजस्व जम्मा गरेका कारण नयाँ सवारी दर्ता भएको जिकिर गरे ।
उनले सवारी दर्ता गर्ने यातायात व्यवस्था विभागको सफ्टवेयर रिम्स र मन्त्रालयको सफ्टवेयर भीआरएस प्रयोग भएको बताए ।

कहाँबाट र कसले सफ्टवेयर सञ्चालन गरेको विषयमा चाहिँ भेटेर भन्ने बताए । उनले भने ,भोली दाजु भाइ बसेर कुरा गरौला । अहिले म घरमा छु ।

लुइँटेल यातायात व्यवस्था कार्यालय बिर्तामोडमा विवादमा परेपछि मन्त्रालय तानिएका थिए । केही महिना मन्त्रालयमा बसेपछि सवारी कार्यालय इटहरीमा खटाइएको थियो ।

यसअघि यातायात व्यवस्था कार्यालय धनकुटामा रहँदा उनलाई अनियमितता गरेकव भन्दै मोसो दलेर दुव्र्यवहार गरिएको थियो ।आन्तरिक मामिला तथा योजना मन्त्री रेवतीरमण भण्डारीले नयाँ सवारी दर्ता भएको जानकारी पाएको बताए । मन्त्रालयले लुइँटेलसँग जवाफ मागेको छ ।

यातायात व्यवस्था कार्यालयहरूलाई पत्र लेख्दै मन्त्रालयले कहाँबाट के सेवा दिइएको हो र सेवा दिन कुन युजर आईडी प्रयोग भएको खुलाउन निर्देशन दिएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved