काठमाडौं/ नेपालमा विपद्पछिको सडक कनेक्टिभिटी द्रुत गतिमा पुनःस्थापना गर्न भारतले फेरि एक महत्वपूर्ण सहयोग गरेको छ। मंसिर ४ गते हेटौँडामा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूतले ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडानका लागि आवश्यक विशेष उपकरणहरु नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई हस्तान्तरण गरे। सन् २०२५ को अक्टोबरमा पूर्वी नेपालमा आएको विनाशकारी वर्षा र बाढीले सडक सञ्जाल गम्भीर रुपमा प्रभावित भएपछि नेपाल सरकारले भारतसँग सहयोगको अनुरोध गरेको थियो। त्यसअनुसार भारत सरकारले नेपाललाई अनुदानमा १० वटा ७०–मिटर बेली ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको
धरान/ नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यही मङ्सिर २६ गतेदेखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ । कुशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको फस्र्ट–लुक पोस्टर पनि सार्वजनिक गरेको छ । कथाको केन्द्रमा परिवार, प्रेम, सङ्घर्ष र समाजका सूक्ष्म संवेदनाहरू छन् । निर्देशक रञ्जित रानाले चलचित्रलाई पूर्ण पारिवारिक ड्रामाको रूपमा प्रस्तुत गरेका छन् । चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिएका छन् । काभ्रे जिल्लाका भू–परिदृश्य र प्राकृतिक वातावरणमा छायाङ्कन गरिएको ‘लोकन्ती’
धरान/ धरान प्रहरीले गएराति ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। धरान–१३, जिरो प्वाइन्ट नजिक अस्थायी प्रहरी चौकी अमरहाटबाट प्रहरी निरीक्षक मनोज कुमार बलको नेतृत्वमा खटिएको टोलीले झण्डै २५ किलोग्राम गाँजा र एक मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबू राईले जानकारी दिए। गएराति करिब ११:३० बजे शंकास्पद रूपमा सामान बोक्दै गरेको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेपछि चालक फरार बनेको थियो। फरार भएको मोटरसाइकललाई अमरहाट र तीनकुनेबाट खटिएको प्रहरी प्रमुख युवराज दाहालको टोलीले पछ्याउँदै धरान–तरहरा सिमाना पानीपिया नजिक सडकछेउमा को ११ प ४६३५
झापा/ झापामा भदौ २४ गते जेनजि आन्दोलनका क्रममा प्रहरी कार्यालयमाथि भएको आगजनी र तोडफोड प्रकरणमा संलग्न रहेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये बिर्तामोडबाट १६ जना र दमक क्षेत्रबाट १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। अस्थायी प्रहरी चौकी गरामनीमा आगजनी तथा तोडफोड गरेको आरोपमा बिर्तामोड–८ गरामनीका ३६ वर्षीय गङ्गाराम लिम्बू र बिर्तामोड–७ मुसहर डाँडाका १९ वर्षीय सेशेहाङ इङ्नाम लिम्बूलाई प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि बिर्तामोड प्रहरीले छ
झापा/ झापा गाउँपालिका–५ पन्थापडाका करिब २० वर्षीय अडसाद अली लागूऔषधसहित पक्राउ परेका छन्। बुधबार साँझ करिब ७:२८ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनको साथबाट ब्राउनसुगर फेला पारेको हो। विशेष सूचनाको आधारमा बाह्रदशी–३ राजगढबाट चारपानेतर्फ जाँदै गरेको मोटरसाइकल (मे ८ प ८१४०) रोकेर चेकजाँच गर्दा ५ थान प्लास्टिकको पोका सहित जम्मा ६३.०२० ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले अडसाद अलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
झापा/ जेन जि आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान हतियार पाँचथरको ओडारभित्र लुकाएको अवस्थामा फेला परेका छन्। विशेष सुराकीका आधारमा प्रहरीले मङ्सिर २ गते दिउँसो १:३० बजेतिर दमक–६ बाट एक युवकलाई पक्राउ गरेपछि हतियारको ठेगाना खुलेको हो। पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे लामागाउँका २२ वर्षीय सुशिल फियाक (लिम्बु) रहेका छन्। प्रारम्भिक सोधपुछमा फियाकले Gen-Z आन्दोलन पछि दमकबाट लुटिएको हतियार आफ्नै गाउँस्थित ओडारभित्र लुकाएर राखेको स्वीकृति दिएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्र.नि. नबिन राईको कमाण्डमा प्रहरी
सुनसरी/ इटहरी उपमहानगरपालिका–२०, तरहरामा नियमित चेकजाँचका क्रममा लागूऔषध सेवन गरी सवारी चलाउने ८ जना चालक तथा सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। बुधबार (मिति २०८२।०८।०२) नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको संयुक्त टोलीले सवारी साधन रोकेर परीक्षण गर्दा उनीहरूबाट लागूऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ। सम्मानित सुनसरी जिल्ला अदालतबाट&
सुनसरी/ विशेष सूचनाका आधारमा गरिएको प्रहरीले चेकजाँचमा ईनरुवामा ठूलो परिमाणको ब्राउनसुगर बरामद गरेको छ। मंगलवार दिउँसो १२:१५ बजेतिर ईनरुवा नगरपालिका–४ बसचौक नजिक लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य जानकारीपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाबाट खटिएका प्रहरी टोलीले चिरौलीतर्फबाट आउँदै गरेको प्र १–०२–०५६ प ८२०५ नं. को स्कुटी रोकेर चेकजाँच गरेको हो। स्कुटी चालक इटहरी उपमहानगरपालिका–२० निवासी ५२ वर्षीय गोबिन्द तामाङको खानतलासी गर्दा उनले लुकाइछिपाइ राखेको ८.८९ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जना
धरान/ इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला सर्दु जलाधार क्षेत्रको दुर्गम भिरालो खोल्सामा मृत फेला परेकी छन्। घटनास्थल, शवको अवस्था र फेला परेका सामानहरूले घटनालाई शंकास्पद देखाएको प्रहरीको निष्कर्ष छ। तर प्रारम्भिक रूपमा भने प्रहरी पक्षले भिरालोमा लडेर मृत्यु भएको आशंका व्यक्त गरेको छ। मञ्जु कात्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। उनी घर नफर्केपछि परिवारले कात्तिक २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा खोजीको निवेदन दिएका थिए। त्यसपछि खोजीका क्रममा धरान–४ को बौद्ध विहार नजिकै कोशी लोकमार्ग छेउमा उनको रातो लेडीज स्विटर, कालो चप्पल, खैरो ब
सुनसरी/ धरानको पर्यटन प्रवर्द्धन र सामाजिक अभियानसँग जोडिएको प्रतिष्ठित ‘धरान १०K रन–चौधौँ नेवा च्यारेटी २०८२’ आगामी फागुन ९ गते (फेब्रुअरी २१, २०२६) हुने भएको छ। मंगलबार भएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमलाई यसपटक झनै भव्य र प्राविधिक रूपमा उन्नत बनाइने जानकारी दिइयो। ४ हजारभन्दा बढी सहभागीको तयारी विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विभिन्न उमेरका महिला–पुरुषहरू गरी ४००० भन्दा धेरै धावक सहभागी हुने अनुमान गरिएको छ। पुरस्कार राशी भने यथावत राखिएको आयोजक तथा अध्यक्ष हेमन सुनुवारले बताए। • ओपन समूह (१६–३९ वर्ष) : रु ६०,०००, रु ४०,000, रु ३०,000 • Un