धरानमा २५ किलो गाँजासहित मोटरसाइकल फेला, चालक फरार

  • मंसिर ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान प्रहरीले गएराति ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद गरेको छ।

धरान–१३, जिरो प्वाइन्ट नजिक अस्थायी प्रहरी चौकी अमरहाटबाट प्रहरी निरीक्षक मनोज कुमार बलको नेतृत्वमा खटिएको टोलीले झण्डै २५ किलोग्राम गाँजा र एक मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबू राईले जानकारी दिए।

गएराति करिब ११:३० बजे शंकास्पद रूपमा सामान बोक्दै गरेको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेपछि चालक फरार बनेको थियो।

फरार भएको मोटरसाइकललाई अमरहाट र तीनकुनेबाट खटिएको प्रहरी प्रमुख युवराज दाहालको टोलीले पछ्याउँदै धरान–तरहरा सिमाना पानीपिया नजिक सडकछेउमा को ११ प ४६३५ नं.को मोटरसाइकल फेला पारेको प्रहरीको भनाइ छ।

पछ्याउने क्रममा प्रहरी टोलीले धरान–६ पानबारी–सेउती भित्री सडकखण्डतर्फ खोजतलास विस्तार गरेको थियो। त्यही क्रममा पानबारी सामुदायिक वन क्षेत्रमा प्लास्टिक र जेब्रा झोलामा राखेर फालिएको अवस्थामा २५ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानमा राखी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा फरार व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved