झापा/ झापा गाउँपालिका–५ पन्थापडाका करिब २० वर्षीय अडसाद अली लागूऔषधसहित पक्राउ परेका छन्।
बुधबार साँझ करिब ७:२८ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनको साथबाट ब्राउनसुगर फेला पारेको हो।
विशेष सूचनाको आधारमा बाह्रदशी–३ राजगढबाट चारपानेतर्फ जाँदै गरेको मोटरसाइकल (मे ८ प ८१४०) रोकेर चेकजाँच गर्दा ५ थान प्लास्टिकको पोका सहित जम्मा ६३.०२० ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले अडसाद अलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।