जेनजी आन्दोलनका क्रममा लुटिएका दुई हतियार बरामद, एक युवक पक्राउ

  • मंसिर ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ जेन जि आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान हतियार पाँचथरको ओडारभित्र लुकाएको अवस्थामा फेला परेका छन्।

विशेष सुराकीका आधारमा प्रहरीले मङ्सिर २ गते दिउँसो १:३० बजेतिर दमक–६ बाट एक युवकलाई पक्राउ गरेपछि हतियारको ठेगाना खुलेको हो।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे लामागाउँका २२ वर्षीय सुशिल फियाक (लिम्बु) रहेका छन्।

प्रारम्भिक सोधपुछमा फियाकले Gen-Z आन्दोलन पछि दमकबाट लुटिएको हतियार आफ्नै गाउँस्थित ओडारभित्र लुकाएर राखेको स्वीकृति दिएका थिए।

त्यसपछि जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्र.नि. नबिन राईको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले आरुबोटे लामागाउँको ओडारबाट निम्न हतियार तथा गोली–गठ्ठा बरामद गरेको जनाएको छः

बरामद गरिएको सामग्री:

• सिरियल नं. 62038 रहेको म्याग्जिनसहितको .303 मार्क–3 राइफल–१

• सिरियल नं. 031102739 भएको म्याग्जिनबिहीन, बट र ह्यान्डग्रिप जलेको अवस्थामा फेला परेको INSAS–१

• INSAS को १ राउण्ड

• SLR का ३ राउण्ड

बरामद हतियारहरू र पक्राउ परेकालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved