लागूऔषध सेवन गरी सवारी चलाउने ८ चालक–सहचालक पक्राउ

  • मंसिर ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  इटहरी उपमहानगरपालिका–२०, तरहरामा नियमित चेकजाँचका क्रममा लागूऔषध सेवन गरी सवारी चलाउने ८ जना चालक तथा सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

बुधबार (मिति २०८२।०८।०२) नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको संयुक्त टोलीले सवारी साधन रोकेर परीक्षण गर्दा उनीहरूबाट लागूऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ। सम्मानित सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू

१) रोहन बि.क., २२ वर्ष, धरान–८, सुनसरी
२) विनय बि.क., ३० वर्ष, धरान–५, सुनसरी
३) बिमल राई, २७ वर्ष, धरान–५, सुनसरी
४) अभिषेक चौधरी, २३ वर्ष, इनरुवा–९, सुनसरी
५) दिवश चौधरी, २८ वर्ष, दुहबी–८, सुनसरी
६) अर्जुन पौदार, ३९ वर्ष, दमक–१३, झापा
७) पंचलाल खवास, ४३ वर्ष, बवियाबिर्ता–७, मोरङ
८) रमेश चौधरी, ३२ वर्ष, बेलबारी–९, मोरङ

प्रहरीले सडक सुरक्षामा जोखिम बढाउने मदिरा तथा लागूऔषध सेवन गरेर सवारी चलाउनेमाथि आगामी दिनमा थप कडाइका साथ निगरानी र कारबाही गर्ने जनाएको छ।

 
 
 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved