स्थानीय

    Showing ९१-१०० of ५,३३१ items.
  • बराहक्षेत्रमा भारतीय युवक ब्राउन सुगरसहित पक्राउ

    सुनसरी/ सुनसरीको बराहक्षेत्रमा प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। बराहक्षेत्र नगरपालिका–९ स्थित बरपिपल चोकमा लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको बीआर ३८ एपी ०२७७ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकल चालक भारतको अररिया बेलवा ग्राम पञ्चायत बस्ने २० वर्षीय बिपिन कुमार यादवको साथबाट ब्राउन सुगर ०.८३ ग्राम (८३० मिलिग्राम) पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले यादवलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प

    • प्रकाशित मितिः असोज ४, २०८३
    • २६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेन्जी आन्दोलनमा कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी दमकबाट पक्राउ

    दमक/ जेन्जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट भागी फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी झापाको दमकबाट पक्राउ परेका छन्। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ हुँसेसाँगुका २७ वर्षीय राजकुमार लिम्बुलाई प्रहरीले दमक नगरपालिका–६ बाट पक्राउ गरेको हो। लिम्बु जबरजस्ती करणी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतको २०७९ असार २२ गतेको फैसलाअनुसार १८ वर्ष कैद, १ लाख रुपैयाँ क्षतिपूर्ति तथा २ हजार २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय भुक्तान गरिरहेका थिए। उनी २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार, जगन्नाथदेवलबाट भागेर फरार भएका थिए। त्यसप

    • प्रकाशित मितिः असोज ४, २०८३
    • २०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दस लाखको अवैध कुखुराको मासुजन्य सामान बरामद, २१ सय ५८ प्याकेट नष्ट

    सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–६ मन्सुरी टोलबाट प्रहरीले भन्सार छली ल्याइएको करिब १० लाख रुपैयाँ बराबरको अवैध कुखुराको मासुजन्य सामग्री बरामद गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब १०ः३० बजे वेवारिसे अवस्थामा ती सामग्री फेला पारेको हो। प्रहरीका अनुसार बरामद सामग्रीमा ४७१ प्याकेट चिकेन सिक कबाब, ४०३ प्याकेट चिकेन बर्गर प्याटी, २०६ प्याकेट चिकेन नगेट्स, ५५४ प्याकेट चिकेन फिंगर र ५२४ प्याकेट चिकेन मिटबल रहेका छन्। यसरी विभिन्न पाँच प्रकारका गरी कुल २ हजार १ सय ५८ प्याकेट अवैध मासुजन्य स

    • प्रकाशित मितिः असोज ३, २०८३
    • १३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा दुई यादव समूहबीच झडप : एक घाइते, दुई जना पक्राउ

    सुनसरी/ सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच भएको झडपमा एक जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार शनिबार साँझ भएको झडपमा देवानगञ्ज–१ का २४ वर्षीय निरज कुमार यादव घाइते भएका हुन्। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णु कुमार यादव र २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीका सूचना अधिकारी चन्द

    • प्रकाशित मितिः असोज ३, २०८३
    • २३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाल दिवसमा धरान–११ मा स्वास्थ्य शिविर, १३५ जनाको स्वास्थ्य परीक्षण

    धरान/ बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका–११ नं. वडा बाल सञ्जालद्वारा आयोजित दन्त तथा सामान्य स्वास्थ्य शिविरमा १३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। ‘स्वस्थ बालबालिका, समृद्ध भविष्य’ भन्ने नारासहित असोज ३ गते मंगलबार धरान–११ वडा कार्यालयमा आयोजित शिविर बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। शिविरमा बालबालिकासहित विभिन्न उमेर समूहका व्यक्तिहरूले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा दन्त तथा सामान्य स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र उपचार सेवा प्रदान गरिएको थियो। शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. स्मृति क

    • प्रकाशित मितिः असोज ३, २०८३
    • १०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा संविधान दिवसको अवसरमा प्रभातफेरी

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसको अवसरमा शनिवार बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा ३ दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार शनिवार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रशासन शाखाका प्रमुख मातृका तिवारीले जानकारी दिए । शुक्रवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत राधिका गिरि, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहर

    • प्रकाशित मितिः असोज ३, २०८३
    • १२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा १ हजार ४५४ किलो गाँजा बरामद, पिकअपमा लोड गर्दै गरेका यादव पक्राउ

    इनरुवा/ सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इनरुवा नगरपालिका–१० जल्पापुर चम्राही टोलबाट प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले शनिबार बिहान करिब ३ बजे उक्त स्थानमा निगरानी गरेको थियो। सो क्रममा भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादव को को १ च ८२७९ नम्बरको टाटा पिकअपमा गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पिकअपसहित बरामद पदार्थ र यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसर

    • प्रकाशित मितिः असोज ३, २०८३
    • २४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको विजयपुरमा इतिहास र पहिचान जोगाउने महाअभियान, असोज १० र ११ गते ‘याक्थुङ विजयपुर सम्मेलन’

    धरान/ धरानको ऐतिहासिक विजयपुर दरबार क्षेत्रको इतिहास, पुरातात्त्विक महत्व र सांस्कृतिक पहिचान संरक्षणका लागि ‘याक्थुङ विजयपुर सम्मेलन’ आयोजना हुने भएको छ। दरबार परिसर संरक्षण सङ्घर्ष समितिले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै आगामी असोज १० र ११ गते धरान–१९ स्थित लाङघाली सामुदायिक वनमा सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो। सम्मेलनमा विजयपुर क्षेत्रको इतिहास, पुरातात्त्विक महत्व, सांस्कृतिक पक्ष, संरक्षणको वर्तमान अवस्था तथा भावी योजनाबारे विज्ञ, इतिहासकार, अनुसन्धानकर्ता र सरोकारवालाबीच गहन छलफल गरिने समितिले जनाएको छ। सम्मेलनमा इतिहास, पुरातत्त्व, संस्कृति तथा सं

    • प्रकाशित मितिः असोज २, २०८३
    • १४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयनमा नयाँ विद्यार्थीको भव्य स्वागत

    धरान/ सुनसरीको धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य कार्यक्रमबीच स्वागत गरिएको छ । धरान–१५ स्थित चुम्लुङ हिममा शुक्रबार आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीले गीत, नृत्यलगायत विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिँदै नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् । कार्यक्रममा विद्यार्थीले गायन तथा नृत्यका २२ वटा प्रस्तुति दिएका थिए । कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काले पानसमा दीप प्रज्ज्वलन गरेर गरेका थिए । उनले विद्यार्थीले कक्षाकोठाको पढाइसँगै अतिरिक्त क्रियाकलाप र जीवनम

    • प्रकाशित मितिः असोज २, २०८३
    • २१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोटेकोशी बाढीपीडित बालबालिकाका लागि धरानको सिटी मन्टेश्वरीले जुटायो कपडा, जुत्ता र चप्पल

    धरान/  भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाका लागि सुनसरीको धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले राहत सामग्री सहयोग गरेको छ। विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक तथा कर्मचारीबाट रकम संकलन गरी बाढीपीडितका लागि आवश्यक लत्ताकपडा तथा अन्य सामग्री खरिद गरी सहयोग गरिएको हो। विद्यालयले सञ्चालन गरेको अभियानबाट ४३ हजार ९ सय ४५ रुपैयाँ संकलन भएको थियो। सो रकमबाट ४७ जोर कपडा, २३ जोर भित्री कपडा, ४० वटा ऊनी टोपी, ५० जोर चप्पल र ६० जोर जुत्ता खरिद गरी राहतस्वरूप पठाइएको विद्यालयले जनाएको छ। संकलित राहत सामग्री नेपाल स्काउट, कोशी प्रदेशका प्रद

    • प्रकाशित मितिः असोज २, २०८३
    • २६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved