सुनसरीमा २३ किलो गाँजासहित दुई जना पक्राउ

  • कार्तिक १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिका–८ बाट भारततर्फ लैजाँदै गरेको करिब २३ किलो गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–१ भुटाहाका ३२ वर्षीय सुशील मला र १९ वर्षीय नितेशकुमार मुखिया रहेका छन्।

सशस्त्र प्रहरी उपरीक्षक लभ सापकोटाका अनुसार सशस्त्र प्रहरी बल नेपाल बीओपी उल्टीबाट खटिएको पैदल गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

धानखेतको बाटो हुँदै प्लास्टिकको झोलामा गाँजा बोकेर भारततर्फ जाँदै गरेका उनीहरूको गतिविधि शंकास्पद देखिएपछि जाँच गरिएको थियो। जाँचका क्रममा २३ प्याकेटमा राखिएको २२ किलो ९७६ ग्राम गाँजा बरामद भएको सापकोटाले जानकारी दिए।

पक्राउ परेकाहरूको साथबाट भिभो कम्पनीको एक थान मोबाइलसमेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

अन्तर्राष्ट्रिय तेक् ...

धरान/ धरान १६ मा  अवस्थित युएन नवोदय कलेजकी छ ...

इनरुवामा भन्सार छली ...

धरान/  सुनसरीको इनरुवामा भन्सार छली गरी ल्याउ ...

स्कुल बसको ठक्करपछि ...

झापा/ झापाको कमल गाउँपालिकामा स्कुल बसको ठक्करबाट ...

विराट एक्स्पो पुस २ ...

विराटनगर/ उद्योग, व्यापार र लगानीको सम्भावना खोज्न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved