इनरुवामा भन्सार छली ल्याइएको १ लाख ५९ हजारको लत्ताकपडा बरामद

  • कार्तिक १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको इनरुवामा भन्सार छली गरी ल्याउँदै गरेको १ लाख ५९ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

मोटरसाइकल चालक भने प्रहरीलाई देख्नासाथ सवारीसाधन छाडेर फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार बिहान ८ बजे इनरुवा नगरपालिका–२ स्थित हेरा नेशनल स्कुल नजिकै बबियाबाट इनरुवातर्फ आउँदै गरेको को १५ प ३११० नम्बरको मोटरसाइकललाई प्रहरीले देखेको थियो।

प्रहरी टोलीलाई देखेपछि चालकले मोटरसाइकल छाडेर फरार भएका थिए। प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याउँदै गरेको अन्दाजी १ लाख ५९ हजार रुपैयाँ बराबरको लत्ताकपडा फेला पारेको हो।

बरामद गरिएको लत्ताकपडा र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। फरार चालकको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रिय तेक् ...

धरान/ धरान १६ मा  अवस्थित युएन नवोदय कलेजकी छ ...

स्कुल बसको ठक्करपछि ...

झापा/ झापाको कमल गाउँपालिकामा स्कुल बसको ठक्करबाट ...

सुनसरीमा २३ किलो गा ...

धरान/  सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नर ...

विराट एक्स्पो पुस २ ...

विराटनगर/ उद्योग, व्यापार र लगानीको सम्भावना खोज्न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved