मनोरञ्जन

    Showing 11-20 of 430 items.
  • अन्जु गुरुङ ‘मिसेस स्टेट २०२५’ कोशी प्रदेशको ताज विजेता

    धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित ‘मिसेस स्टेट २०२५’ सिजन थ्री कोशी प्रदेश प्रतियोगितामा अन्जु गुरुङले शीर्ष उपाधि जितेकी छन्। १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिसेस स्टेटको साथसाथै ‘मिसेस ब्युटिफुल’ र ‘बेस्ट स्माइल’ शीर्षक पनि हात पारिन्। गुरुङले उपाधिसँगै नगद ५१ हजार रुपैयाँ, ट्रफी, गिफ्ट ह्याम्पर र एक वर्षको सूर्य ज्योति लाइफ इन्स्योरेन्स प्राप्त गरिन्। उनलाई पूर्व मिस नेपाल एवं प्रमुख निर्णायक उषा खड्गी र मिसेस स्टेट सिजन टु विजेता पुष्पा फोम्बोले ताज पहिराइदिएका थिए। प्रतियोगितामा ममता शाह फर्स्ट रनरअप घोषित भइन्। उनले २५ हजार रु

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 701 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाको झण्डी डाँडा पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै

     धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ स्थित झण्डी डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। समुद्र सतहदेखि करिब १,३८० मिटर (४,५२७ फिट) उचाइमा अवस्थित यस डाँडाबाट मौसम खुलेको बेला तराईका फाँटहरूदेखि भारतको पश्चिम बंगालसम्मका दृश्यहरू अवलोकन गर्न सकिन्छ। झण्डी डाँडाले पर्यटकलाई मनोरम दृश्यहरू प्रदान गर्नुका साथै वरपर फिँजिएका लालिगुराँसका रुखहरूले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ। विशेषगरी वसन्त ऋतुमा लालिगुराँस फुल्दा यहाँ आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय हुने गरेको छ। यस क्षेत्र सुनाखरी फूलका लागि पनि प्रसिद्ध रहँदै आएको छ। यद्

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवाहित श्रीमती सुन्दरीहरुले देखिए प्रतिभा

    विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट,कोशी प्रदेश सिजन थ्रीका प्रतिष्पर्र्धीहरु वीच ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।धरान १८ स्थित गुरुङ्ग गुम्वा परिसरमा रहेको सभाहलमा शुक्रवार ट्यालेन्ट राउण्ड संपन्न भएको थियो । ट्यालेन्ट राउण्डमा मिसेस स्टेट सिजन थ्रीमा सहभागि १८ जना प्रतिश्पर्धिहरुले आफुमा भएको प्रतिभा निर्णायकहरु माँझ प्रस्तुत गरेका थिए । सहभागि प्रतिष्पर्धीहरुले आप्mनो क्षमता अनुसार गायन, नृत्य तथा वतृत्वकला प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउण्मा निर्णायकको रुपमा महेन्द्र वहुमुखि क्याम्पसका उपप्रध्यापक एवं अग्रज पत्रकार राजेश विद्रोहि, नृत्य निर्देशक संघ सुनसरीका

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चलचित्र पर्यटन महोत्सव श्रीअन्तु घोषणा पत्र जारी गर्दै सकियो

    धरान ।चलचित्र र पर्यटनलाई जोड्ने उदेश्यले इलाममा नेपाल चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पर्यटन महोत्सव–२०८२’ तथा दोस्रो राष्ट्रिय भेला ११ बुँदे ुश्रीअन्तु घोषणा पत्र  जारी गर्दै शुक्रबार समापन भएको छ। संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे ुश्रीअन्तु घोषणा पत्रु सिने चलचित्र पर्यटनलाई जोड दिँदै महोत्सव समापन भएको हो।उक्त घोषणापत्रमा नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ । साथै, नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य–समन्वय

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 279 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खुला आकाशमुनि मकै बेच्दै: धरानकी ५९ वर्षीया महिलाको संघर्षशील यात्रा

    धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर नबिउँझँदै सुरु हुन्छ। तीन दशकभन्दा लामो समयदेखि उहाँको दिनचर्या मोरङको भावन्नेसम्म पुगेर मकै किनेर फर्किने र त्यसलाई पोली बेच्ने काममै बित्दै आएको छ। बिहान सबेरै मकै ल्याएर करिब १०–११ बजेसम्म धरान फर्कने उहाँ, त्यसपछि लक्ष्मीचोक नजिकैको गल्लीमा खुलेको आकाशमुनि आगोसँगै दिन बिताउनुहुन्छ। दैनिक करिब १६० घोगा मकै पोलेर बेच्नु उहाँको दैनिकी बनेको छ। श्रेष्ठले मोरङका विभिन्न स्थानमा मकैबारी ठेक्कामा लिएर व्यवसाय गर्दै आउनुभएको छ। उहाँका अनुसार ठेक्काको लागत ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्ने गर्छ। कहिलेकाहीँ दुई–तीन जना मिलेर पन

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 1,052 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको शिवजट्टा : प्राकृतिक र धार्मिक महत्व बोकेको पर्यटकीय स्थल ओझेलमा

    सुनसरी/ धरान उपमहानगरपालिका–४ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक रूपमा अत्यन्तै रमणीय स्थलशिवजट्टा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटकीय दृष्टिले अपार सम्भावना बोकेको यो स्थानको विकासमा सरकारी चासो नपुग्दा पर्यटकको ध्यान तान्न सकेको छैन । शिवजट्टा नजिकैको नमस्ते झरना (साँगुरीगढी, धनकुटा) भन्दा कम आकर्षक छैन । तर पनि सडक पहुँच अभावका कारण सर्वसाधारणका लागि सहज गन्तव्य बन्न सकेको छैन । धरान बजारबाट मात्र करिब ५ किलोमिटर टाढा भए पनि यहाँ पुग्न कठिन छ । गर्मी याममा वनभोज र पौडी खेल्न जानेहरूको लागि शिवजट्टा उपयुक्त स्थल हो । पर्यटन व्यवसायीहरूका अनुसार यति सम

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 317 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा बुधबारदेखि सिनेमा पर्यटन महोत्सव

    धरान । चलचित्र पत्रकार संघले जेष्ठ ७ गते अर्थात बुधबारदेखि जेष्ठ ९ गते सम्म ’सिनेमा पर्यटन महोत्सव २०८२’ हुने आयोजना गर्ने भएको छ।इलामको श्री अन्तु, सुर्योदय नगरपालिका, इलाम बजारमा विविध कार्यक्रमको साथ महोत्सव आयोजना हुने भएको हो। चलचित्र पत्रकार संघ कोशी प्रदेशको संयोजन, संघको जिल्ला शाखाहरु इलाम, झापा, सुनसरी र मोरङको व्यवस्थापनमा हुने चलचित्र पत्रकारहरुको दोस्रो राष्ट्रिय भेला सहितको उक्त महोत्सव हुने भएको हो।महोत्सव अन्तरगत संघको २६औं वार्षिक उत्सव कार्यक्रम, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, सम्मान–पुरस्कार, सिनेमा र पर्यटन संवाद, अन्तरक्रिया, कार्याशाला लगायतको विविध

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 235 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुलमोहरको रङले रङ्गिएको बर्ने, पर्यटकको रोजाइमा

    झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्नेबाट इलामतर्फ जाने सडक खण्ड अहिले गुलमोहरका ढकमक्क फुलहरूले रङ्गीन बनेको छ। हरियाली चिया बगानको बीचमा राताम्य भएर फुलेका गुलमोहरहरूले यो सडक खण्डलाई झन् आकर्षक बनाएका छन्। पर्यटक र यात्रुका लागि फोटोग्राफी तथा भिडिओ बनाउने उपयुक्त पृष्ठभूमिका रूपमा परिचित यो क्षेत्र सामाजिक सञ्जालमा 'ट्रेन्डिङ' बन्न थालेको छ। ‘टिकटक रोड’ नाम दिइएको आधा किलोमिटर सडक खण्डमा दैनिक हजारौँको चहलपहल देखिन्छ। बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँका अनुसार चहलपहलको औपचारिक तथ्यांक नभए पनि दैनिक रूपमा यहाँ आउनेको सङ्ख्या वृद्धि भइरहेको छ। पालिक

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवादबीच पनि पाथीभरा केबलकार निर्माण अगाडि बढ्ने

    धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिरसम्म निर्माणाधीन केबलकार परियोजना अब कानुनी अड्चनबिना अगाडि बढ्ने भएको छ। सर्वोच्च अदालतले परियोजनालाई रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्माण कार्य अघि बढ्ने बाटो खुलेको हो। न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट निवेदकले उठाएका तर्कमा परियोजना तत्काल रोक्नुपर्ने प्रष्ट कानुनी आधार नभएको ठहर गरेको हो। रिट निवेदकले केबलकारले पाथीभरा मन्दिरको धार्मिक, सांस्कृतिक र वातावरणीय महत्वमा असर पार्न

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेशस्तरीय एसईई आइडल सिजन ५ मा३० उत्कृष्ट विद्यार्थी छनोट

    सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट सहभागी भएका १५० भन्दा बढी विद्यार्थीहरूबीच प्रतिस्पर्धा गरी ३० जना उत्कृष्ट प्रतिभा छनोट भएका छन्। ‘शिक्षाका लागि संगीत’ भन्ने नारासहित आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूको गायन, नृत्य र वक्तृत्वकलामा केन्द्रित रही उनीहरूको लुकेको प्रतिभा उजागर गर्ने प्रयास गरेको हो। प्रतियोगिता फक्ताङलुङ मिडिया हाउस प्रालि को आयोजनामा सम्पन्न भएको हो। आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरू सेमीफाइनल चरणसम्म आइपुगेका थिए। सेमीफाइनलमा सहभागी १५० जना एसई

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved