अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगको विजेता बने अमन थापा

  • वैशाख २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता आज सम्पन्न भएको छ ।

प्रतियोगिताको एक्युरेसी ओभरअलतर्फ अमन थापा मगर विजेता बन्नु भएको छ । उनलाई नगद रु.एक लाख ५० हजारसहित मेडल पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष भुपेन्द्र चाम्लिङले जानकारी दिए ।

त्यसैगरी, सागर नेपाली उपविजेता बन्दै रु.एक लाखसहित मेडल प्राप्त गरेका छन् भने भारतका खेलाडी अक्ष कुमार तेस्रो हुँदै रु.७५ हजारसहित मेडल प्राप्त गरेका छन् ।

खुला महिलातर्फ भारतका खेलाडी श्रेयसी तामाङ प्रथम, ईक्सा राई दोस्रो र विद्या राई तेस्रो भएकी छिन् । उनीहरुलाई क्रमश रु.४० हजार,२५ हजार र १५ हजार पुरस्कारसहित मेडल प्रदान गरिएको छ  ।

टिमतर्फ अरुण जालारी, अञ्जन कुँवर, पवन परियार र रिकी पोडेको टि प्रथम भएका छन् भने ।

युवराज सुनुवार, सुमनजङ थापा, विष्णु तिमल्सिना र रोशन बस्नेतको टोली दोस्रो साथै कृष्णबहादुर क्षेत्री, अमन थापा र विष्णु कार्कीको टोली तेस्रो भएको छ । प्रथम, द्वितीय र तृतीय टोलीले क्रमश रु.५० हजार, रु ३० हजार र रु.२० हजार पुरस्कार प्राप्त गरेका छन् ।

एक्युरेसी नेसनल महिलातर्फ ईक्सा राई प्रथम हुँदै रु.३० हजार, विद्या राई दोस्रो हुँदै रु.२० हजार र देवकीमाया सुनुवार तेस्रो हुँदै रु.१० हजार पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी, एक्युरेसी नेसनल पुरुषतर्फ अमन थापा प्रथम हुँदै रु.३० हजार, सागर नेपाली दोस्रो हुँदै रु.२० हजार तथा पवन परियार तेस्रो हुँदै रु.१० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष चाम्लिङले बताए ।

यही बैशाख २५ गतेबाट सञ्चालन भएको प्रतियोगिता भारत र नेपाल गरी जम्मा ३२ खेलाडीहरुको सहभागिता रहेको थियो । तीमध्ये चार जना महिला खेलाडी सहभागी थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved