खेलकुद

    Showing 591-600 of 638 items.
  • दोस्रो अन्तर कर्मचारी मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    धरान । धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो अन्तर कर्मचारी मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।  शुक्रबारबाट सुरु भएको प्रतियोगिता आज शनिबार सम्पन्नभएको हो ।  प्रतियोगितामा पुरुषतर्फ प्रथम रमेश राई, द्धितिय राजेन्द्र राई, तृतिय राममाबो र चौथो चन्द्र प्रकाशखनालभएभने महिलातर्फ प्रथम स्वेता राई, द्धितिय लक्ष्मीतामाङ, तृतिय सम्झनाविक र चौथो मिनाकुलुङ भएका छन् । पुरुष र महिला तर्फका प्रथम, द्धितिय, तृतिय र चौथो भएका खेलाडीले पुरस्कार क्रमशःनगद ५ हजार, ३ हजार, १ हजार ५ सय रुपैयाँसहित प्रमाण पत्र र ट्रफि हात पारे । यस्तै उत्कृष्ट खेलाडीतर्फ रमेश राई र

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 1,088 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘राष्ट्रिय महिला लिग’ प्रतियोगितामा भाग लिने विराटनगर महिला फुटबल टोलीको बिदाइ

    विराटनगर/ काठमाडौंमा आयोजना हुन लागेको ‘राष्ट्रिय महिला लिग’ फुटबल प्रतियोगिताका लागि विराटनगरको टोलीलाई बिदाइ गरिएको छ । गत वर्षको विजेता टोली विराटनगर महानगरपालिकाका खेलाडीलाई सोमबार महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाइ गरे । ‘महानगरपालिकाले दक्ष र व्यवसायी खेलाडी बनाउन विशेष योजना बनाएको छ,’ खेलाडीलाई बिदाइ गर्दै प्रमुख पराजुलीले भने, ‘गत वर्षको जस्तै खेलाडीले मेहनत गरे यस पटक पनि जित निकाल्न सक्ने छन् । तपाईंहरूले मैदानमा जुन परिश्रम र लगाव गरिरहनु भएको त्यसले पक्कै पनि सफलता दिलाउनेमा विश्वास्त छौं ।’‘यस पटक पनि लिग विजेता भए महानगरपाल

    • प्रकाशित मितिः माघ ६, २०७७
    • 1,945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुपदार्थ दुव्र्यसनीको उपचारका लागि फुटसल

    धरान । लागुपदार्थ दुव्र्यसनीहरुको निःशुल्क उपचार गर्ने उद्देश्य सहित धरानमा फुटसल प्रतियोगिता हुने भएको छ । दुव्र्यसनीहरुको पुर्नस्थापनामा सक्रिय रहेको संजीवनी उपचार तथा पुनस्र्थापना केन्द्रले धरानमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिताबाट संकलन भएको रकमले केन्द्रमा ५ जना आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई निःशुल्क उपचार प्रदान गरिने केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारले बताए । केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्दै पुष २३ र २४ गते संजीवनी फुटसल प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगिता धरान १० धर्मपथस्थित धरान फुटसलमा हुनेछ । विजेताले ५१ हजार पुरस्कार पाउनेछ भने उ

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 1,479 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेवा च्यारिटी धरान १० के रन फागुनमा हुने, उत्कृष्ट १०० जना मात्र सहभागी गराउने

    धरानः शिक्षाको लागि च्यारिटी दौड नारा दिएर बर्षेनी आयोजना हुदै आएको धरान १० के रन, नवौं नेवा च्यारिटी आगामी फागुनमा हुने भएको छ । धरान रन समुहले शनिबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गते दौड प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । समुहका अध्यक्ष रमु राईका अनुसार यसपाली विगतको भन्दा फरक तरिकाले दौड प्रतियोगिता आयोजना हुनेछ । स्टे फिट एण्ड हेल्थी, फाइट अगेन्स्ट कोभिड १९ नारासहित आयोजना हुने प्रतियोगितामा बढीमा एक सय जना मात्र धावक धाविकाहरु सहभागी गराउने अध्यक्ष राईले बताए । ‘हामीले कोभिड १९ को कारण विगतमा जस्तो भव्यरुपमा यसपाली नगर्ने, र बढीमा उत्कृष्ट धावकधाविका इलिट रनर्

    • प्रकाशित मितिः पुस १९, २०७७
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा टि – २० कृकेट प्रतियोगिता हुने

    इटहरी । कोरोना त्रासकाका कारण स्थकित भएको खेलकुदका कार्यक्रमहरूले अब निरन्तराता पाउने भएको छ । सुनसरीको इटहरीमा आगामि पुस २२ गते देखि टि-२० कृकेट प्रतियोगिता हुने भएको छ । इटहरी वार्ड नं ६ अन्तरगत क्रिकेट टिमले आयोजना गर्ने उक्त क्रिकेटमा प्रदेश एकको सुनसरी , मोरङ र झापाबाट १० वटा टिमको सहभागिता हुने जनाइएको छ । कोरोनाको भय रहिरहदा अन्तराष्ट्रीय सुरक्षा मापदण्ड अपनाइ खेल सुरू गरिने इटहरी वार्ड नं ६ अन्तरगत क्रिकेट टिमका संयोजक आशिष कार्किले बताए । इटहरीको जनता मावी खेल मैदानमा हुने क्रिकेटको बिजयी टिमलाइ रू ३० हजार नगद र मेडल प्रदान गरिने छ भने उपबिजेतालाइ रू १५ हजार नगद साथै मेडल प्रदान गरि

    • प्रकाशित मितिः पुस १५, २०७७
    • 1,639 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सागमा पदक विजेता तथा प्रशिक्षकहरु सम्मानीत

    धरान । दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता सहित विभिन्न खेलकुदमा योगदान पुर्याएका खेलाडिहरुलाई नेपाली कांग्रेसको केन्द्रिय खेलकुद विभागले सम्मान गरेको छ । धरान स्थित अमान बजारमा शनिबार आयोजित रक्तदान तथा सम्मान कार्यक्रममा बक्सिङका वरिष्ठ प्रशिक्षक अनुप लामा, टेवलटेनिसका प्रशिक्षक विनोद शाक्य र करातेका दिपेश शाक्य (मुकेश) लाई बिशेष सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाइएको थियो । यसैगरि, गएको सागमा स्वर्ण पदक विजेता ७ जना खेलाडीहरुलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । कार्यक्रमका संयोजक सुरज लामाका अनुसार तेक्वान्दोबाट स्वर्ण विजेता सिना मादेन, सुशिला राई र स्वास्त

    • प्रकाशित मितिः पुस ४, २०७७
    • 1,452 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खेलमै समय खर्चिए, घाइते भए पछि ओझेलमा : खेलाडीको भविष्य प्रति राज्य उदासिन

    धरान । छैठौं र सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नम्बर १ बाट बास्केटबल टिमका क्याप्टेन रहेका २८ वर्षिय धरानका हेमन्त राई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन चाहन्थे । तर ३ वर्ष अघि खेल्ने क्रममा घाइते भए पछि उनको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने सपना तुहियो । उनी अहिले विद्यालयहरुमा बास्केटबलको प्रशिक्षकका रुपमा रहेका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेशनल टिमबाट खेल्ने तयारीमा थिए । खेलको प्रशिक्षणकै क्रममा उनको घुँडामा चोट लागे पछि अप्रेशन नै गर्नुपर्यो । त्यस पछि उनी राष्ट्रिय खेलाडी त बन्न सकेनन्, खेलाडीको रुपमा खेल जिवन सकियो । उनी प्रदेश १ को तर्फबाट अण्डर स

    • प्रकाशित मितिः पुस २, २०७७
    • 3,112 पटक पढिएको
    • "दिनेश गजमेर"
  • प्रथम पट्नाली च्यालेन्ज कपको उपाधी बराहक्षेत्रलाई

    धरान । धरान–१७ स्थित पट्नालीमा भएको प्रथम पट्नाली च्यालेन्ज कपको उपाधी बराहक्षेत्र फुटबल क्लब चतराले जितेको छ । उपाधीसँगै बराहक्षेत्रले ट्रफि र नगद ५० हजार पुरस्कार जितेको छ । उपविजेतामा सिमित भएको गोधुलीले ट्रफि सहित नगद २५ हजार पुरस्कार प्राप्त ग¥यो । शनिबार पटनाली खेल मैदानमा भएको फाइनल खेलमा धरानको गोधुली क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरमा पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा गोधुलीका मिलन राईको गोल बारमा लागेर बाहिरिएपछि बराहक्षेत्रले खेल जितेको थियो । बराहक्षेत्रले २–० ले पछि परेको स

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 1,301 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्दीप लामिछानेलाई कोरोना संक्रमण

    धरान – नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले फेसबुक पेजमार्फत संक्रमण पुष्टि भएसगै आफु सेल्फ आईसोलेसनमा बसेको र चाडै ठिक भएर मैदान फर्कने विश्वास लिएको बताएका छन् ।

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 1,120 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र र धरान भिड्ने

    धरान । धरान–१७ स्थित पट्नालीमा भइरहेको प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र फुटबल क्लब चतरा र गोधुली फुटबल क्लब धरानबीच प्रतिष्पर्धा हुने भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा धरानको ज्योती एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बराहक्षेत्र फुटबल क्लबले फाइनलको यात्रा तय गरेको हो । ज्योती एफसीका क्याप्टेन योगेश राईको अनगोलमा बराहक्षेत्र विजयी भएको हो । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलको म्यान अफ द म्याच बराहक्षेत्रका क्याप्टेन आकाश राई घोषित भए । उनलाई ट्रफी तथा नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो । शनिबार पटनाली खेल मैदानमा धरानको गोधुली क्लब र बराहक्षेत्र फुट

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,229 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved