इटहरीमा सांगीतिक कार्यक्रम सहित फुटवल हुने

  • चैत ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नं. १ को आयोजनामा बिहीबार देखि प्रदेश एक नगरपालिका स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ ।

सुनसरीको इटहरीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक टोलिका प्रदेश एक संयोजक सूर्य राईले खेलको सम्पूर्ण तयारी पुरा भइसकेको बताए । उनले फुटबल इटहरीस्थित क्षेत्रीय रंगशालामा हुने जानकारी दिएका छन ।

खेलमा प्रदेश एकबाट एक महानगर, दुइ उपमहानगर र ६ वटा नगरपालिकाका टिम गरी कुल ८ वटा टिमले भाग लिने जनाइएको छ । आयोजकका अनुसार इटहरी, विराटनगर, धरान, उदयपुर, उर्लाबारी, दमक, इनरुवा र धनकुटा सहित ८ वटा समुहले खेलमा भाग लिने जनाइएको छ । खेलमा बिजेता टिमले रू २ लाख , उपविजेताले नगद एक लाख प्राप्त गर्ने जनाइएको छ ।

यसैबिच प्रतियोगितामा स्वास्थ्य शिविर, सांगीतिक कार्यक्रम तथा फोटो प्रदर्शनी समेत हुनेछ । खेल हेर्न आएका दर्शकले निःशुल्क स्वास्थ चेकजाँच समेत गरिनेछ । फुटवल हेर्न आएका दर्शकहरूलाइ थप मनोरञ्जन दिलाउन राष्ट्रिय स्तरका कलाकारहरू गायिका मेलिना राई, प्रितम आचार्य, सेविका कोइराला, लगायत स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने छ । साथै निशुल्क औषधि बितरण तथा बिपि प्रतिष्ठानका चिकित्सकहरूको परामर्स रहने जनाइएको छ । खेलमा दर्शकहरूलाइ प्रवेश निःशुल्क रहेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved