बराह वास्केटवल प्रतियोगितामा डिपो र महेन्द्र च्याम्पीयन

  • चैत ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / प्रथम प्रदेश १ स्तरीय बराह गु्रप महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिताको उपाधि डिपो क्याम्पस र महेन्द्र क्याम्पस धरानले हात पारेको छ । विहिवार भएको फाइनल खेलमा डिपो क्याम्पसले महिला तर्फको भने महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेका हुन ।

विजेता महिला टिमले नगद १० हजार उपविजेता टिमले नगद ५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । पुरुष तर्फका विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, सभाध्यक्ष नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, बराहगु्रपका पव्लिक रिलेशन अफिसर सुरेन्द्र सिंह विश्वकर्मा, नेपाल ख्रिष्ट्रियन समाजका केन्द्रिय सचिव कुवेर गुरुङ्ग, युवा नेता पुर्ण भुजेल चिन्तन, युवा नेता भुवन याक्खा, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए ।

महिला तर्फको फाइनल खेलमा डिपोले विष्णु मेमोरियल स्कुललाई ४२–६ र पुरुष तर्फ महेन्द्रले डिपो क्याम्पसलाई ४३–३७ अंकले पराजित गरेका थिए । महिला तर्फ सेमिफाइनल खेलमा डिपोले सियोन स्कुल, विष्णुले केन्द्रिय प्रविधि क्याम्पस हातिसार कलेजलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । पुरुष तर्फ सेमिफाइनलमा डिपोले सियोन स्कुल र महेन्द्रले विकेभिएम विराटनगरलाई पराजित गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी डिपोका कविन मगर र महिला तर्फ लियालिसा श्रेष्ठ घोषित भए । हाइस्कोरर महेन्द्र क्याम्पसका सर्वोधन राई र डिपोकी सितल तामाङ्ग, उदयीमान खेलाडी सियोनका साहिल तामाङ्ग र विष्णुकी निभा चेम्जोङ्ग र फाइनल खेलको म्यान अफ द म्याच महेन्द्रका गौरभ ओझा र विष्णुकी लिङवा मावोहाङ घोषित भएका छन । उत्कृष्ट खेलाडी विजेताले जनही नगद दुई हजार रुपैया, हाइस्कोर विजेताले जनही नगद एक हजार ५ सय रुपैया, ट्रफि, प्रमाणपत्र, सप अर्डरका डिस्काउन भौचर, धरान फिटनेस क्लवका तिन महिना फ्री सर्भिस र डिमाण्डु ज्वाइ खानाका पाच सय रुपैया वरावरको फुड भौचर प्राप्त गरेका छन ।

प्रतियोगिता अवधिभर हाइस्कोरर सर्वोधनले ६३ र सितलले ४४ व्यक्तिगत अंक जोड्न सफल भएका थिए । धरान बास्केटवल संघको आयोजना, वराह गु्रपको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघ र धरान उपमहानगरपालिकाको सहयोगमा सपन्न प्रतियोगितामा प्रदेश १ भरिका १३ पुरुष र ६ महिला टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताका सम्पुर्ण खेल धरान १२ स्थित मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो ।

लियालिसा र सन्तोष थ्री पोइन्ट च्याम्पियन

फाइनल खेल अघि सम्पन्न भएको प्रकाश पौडल थ्री पोइन्ट कम्पिटिसनका विजेता डिपोकी लियालिसा श्रेष्ठ र धरान मेघाको सन्तोष तामाङ्ग भएका छन । महिला तर्फको कम्पिटिसनमा लियालिसाले ६ थ्री पोइन्ट सट र पुरुष तर्फ सन्तोषले ४ थ्री पोइन्ट सट बास्केट गरेका थिए । विजेताले जनही नगद तिन हजार रुपैया, ट्रफि, प्रमाण पत्र, सप अर्डरका डिस्काउन भौचर र डिमाण्डु ज्वाइ खानाको ५ सय रुपैया वरावरको कुपन प्राप्त गरेका छन । कम्पिटिसनमा पुरुष तर्फ १३ जना र महिला तर्फ ३ जना खेलाडीहरुले सहभागिता जनाएको थियो । कम्पिटिसन नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलको सहयोगमा संपन्न भएको थियो ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved