टेबल टेनिसमा अमर र दिक्षा प्रथम

  • चैत १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ अमरलाल श्रेष्ठ र लेडिज सिंगलतर्फ दीक्षा दाहाल प्रथम
भएका छन् ।
धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद समितिको संयोजनमा धरान १३ अमरहाटस्थित कभर्ड हलमा आयोजित प्रतियोगितामा मेन्स सिंगलतर्फ बोद्धित डिसी दोस्रो भए भने राजेश भट्टराई र महाविर चौधरी तेस्रो भए । यस्तै, लेडिज सिंगलतर्फ गीता भुजेल दोस्रो भइन् भने मारिया थापामगर र प्रकृति राना तेस्रो भइन् । मेन्स र लेडिज सिंगलतर्फ प्रथम हुनेलाई ट्रफी र मेडलसहित नगद २०÷२० हजार रुपैयाँ पुरस्कार प्रदान ग रिएको छ । यस्तै दोस्रो हुनेले नगद १०÷१० हजार, तेस्रो हुनेले नगद ५÷५ हजार, ट्रफी र मेडल हात पारे ।

यसैगरी, अण्डर १९ ब्वाईजतर्फ बोद्धित डिसी प्रथम, हिमाल विष्ट दोस्रो, नम्साङ राई र सिद्धार्थ तामाङ तेस्रो भए । ग्रल्र्सतर्फ दीक्षा दाहाल प्रथम, मारिया थापामगर दोस्रो, अन्जली ठाकुर र समृद्धि लुइटेल तेस्रो भइन् । भेट्रान सिंगलतर्फ राजेश भण्डारी प्रथम, चन्दन शाही दोस्रो, विकेन थापा र राजन सुब्बा तेस्रो भए । जुनियर सिंगल, जुनियर गल्र्स र भेट्रान सिंगलतर्फ प्रथमले ट्रफी र मेडलसहित नगद १५÷१५ हजार, दोश्रो हुनेले ट्रफी र मेडल सहित जनही ७ हजार ५ सय रुपैयाँ र तेश्रो हुने दुई जनाले ट्रफी र मेडल सहित ३५÷३५ सय रुपैयाँ पाउन सफल भए ।

त्यसैगरी अण्डर १५ ब्वाईज सिंगलमा समिर खत्री प्रथम, सिद्धार्थ तामाङ दोस्रो, हिमाल विष्ट र विशाल मलिक तेस्रो भएका थिए भने गल्र्स सिंगलमा अन्जली ठाकुर प्रथम, प्रकृति राना दोस्रो, प्रयाश्का राई र सुलेखा ठाकुर तेस्रो भएका थिए ।

ब्वाईज सिंगल र गल्र्स सिंगल (१५ वर्ष मूनिका) प्रथमले ट्रफी र मेडलसहित नगद १०÷१० हजार, दोश्रोले ट्रफी र मेडलसहित ५÷५ हजार र तेस्रो हुने दुई जनाले ट्रफी र मेडलसहित २५÷२५ सय रुपैयाँ पाए । प्रतियोगितामा काठमाडौं, वुटवल, मोरङ र सुनसरीका ७८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता चैत्र १० बाट सुरु भएको थियो ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved