गोधुँली फूूटबल रनिङ कप : १३ नं. वडाद्वारा ४ नं. पराजित

  • फागुन २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानमा भइरहेको २१ औँ गोधुँली फूूटबल रनिङ कपमा सोमबारको खेलमा १३ नं. वडा विजयी भएको छ ।
सोमबार भएको खेलमा १३ नं. वडाले ४ नं. वडालाई ८–० को फराकिलो अन्तरमा पराजित गरेको हो । नकआउटका आधारमा भइरहेको प्रतियोगितामा अब १३ नं. वडाले प्रि–क्वाटर फाइनलमा ५ नं. वडासँग प्रतिस्पर्धा गर्नेछ ।

१३ नं. वडाका लागि परिवर्तन कपाली एक्लैले ४ गोल गरे भने अशोक कटवालले २ गोल र सुशान्त राईले एक गोल गरे । अर्काे गोल भने ४ नं. वडाका शङ्कर नेपालले आत्मघाती गोल गरेका थिए । खेलका म्यान अफ द म्याच १३ नं. वडाका परिवर्तन कपाली घोषित भए । उनलाई १५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा मङ्गलबार पहिलो खेलमा वडा नं. ६ र १६ ले खेल्नेछन् भने दोस्रो खेलमा वडा नं. ८ र १० ले खेल्नेछन् । आगामी चैत ७ गतेसम्म चल्ने प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved