मोरङ/ विराटनगर स्थित विराट सांग्रीला स्पोर्टिङ क्बलको साधारणसभाले पुनः रुपेश अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न क्लबको साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती चयन गरेको हो । समितीको महासचिवमा माधव भट्टराई, सचिवमा काशीराज पराजुली र कोषाध्यक्षमा दिपेन्द्र थापा मगर चयन भएका छन् । त्यसै गरि ६ सदस्यीय सल्लाहाकार समिती समेत घोषणा गरेको छ । परशुराम (कृष्ण) बस्नेतको संयोकत्वमा अरुण राठ,ि विकाश चौधरी, नविन घिमिरे, अनन्तराज थापा र भोला सिलवाल रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीको प्रमुख आतिथ्यमा भएको साधारणसभाले आर्थिक वर्ष २०७८&div
चितवन/ आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो। प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल आठ लाख ८७ हजार पुगेको छ। यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ। फाउण्डेसनले १७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व ल
धरान/ नेपाली क्रिकेट टोलीका क्याप्टेन ज्ञानेन्द्र मल्ल सहित ४ जनालाई नेपाल क्रिकेट संघ (क्यान)ले कार्वाही गरे सगैँ नेपाली सामाजिक सञ्जाल अहिले क्यानको निर्णय विरुद्ध देखिएको छ । क्यान भित्र रहेको बेथितिको विषयमा आवाज उठाएकै भरमा खेलाडीहरु कार्वाही गरिएको प्रति धेरैजनाले क्यानको निर्णय विरुद्ध समाजिक सञ्जालमा आफ्नो विचार राख्ने क्रम बढ्दो छ । खेल क्षेत्रमा मात्र नभइ विभिन्न क्षेत्रमा आवद्ध व्यक्तीहरुले अहिले सामाजिक सञ्जालमा आफ्नो धारण राखेका छन् । नेपाली राष्ट्रीय फुटबल टिमका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ)ले समेत आफ्नो फेसबुक मार्फत खेल क्षेत्रमा राजनिति नगर्न आग्रह गरेका छन् । त्य
धरान/ पछिल्लो समय युवा सहित बयस्कहरुको पनि फुटसल प्रतियोगिता प्रति आकर्षित बढ्दै गएको छ ।शारीरिक, मानसिक रुपमा तन्दुरुस्त बनाउनुका साथै युवा पुस्तालाई सकारात्मक सोचतर्फ अभिवृद्धि गर्न फुटसलले सहयोग पु¥याउने भएकोले पनि सबै वर्ग आकर्षित बनेका हुन् । धरानमा बुढासुब्बा फुटसल, विग फुटसल र धरान फुटसल लगायत खेलस्थान छन् । यी सबै खेलस्थानमा फुटसल खेल्नेको भीड लाग्ने गरेको छ । मैत्रीपूर्ण खेल खेल्नु पर्दा होस् या कुनै टुर्नामेन्ट गर्नुपरेमा धरानमा खुलेका फुटसल स्थल आकर्षकका केन्द्र बनेका छन् । फुटबल प्रतियोगिताको सानो रुपमा लिइने फुटसलले सकारात्मक सोच अभिवृद्धिसंगै खेलाडी उत्पादनमा समेत सहयोग
धरान/ धरानलाई फुटबल खेलमा मिनी ब्राजिलको रुपमा चिनिने गरिन्छ । विभिन्न खेलहरुमा धरान अग्रस्थानमै रहेको छ । थप धरानको खेलकुदको विकासमा स्थानीय तहहरुले जोड दिएका छन् । स्थानीय स्तरको विकासको एउटा पाटो खेलकुद रहेको भन्दै स्थानीय तहको पनि वडावडाबाट टोलस्तरीय प्रतियोगिता हुन थालेका छन् । करिब तीन दशक देखि धरान उपमहानगरपालिका वडा नं. १७ ले प्रत्येक बर्ष सञ्चालन गर्दै आएकोे गोधुली फुटबल प्रतियोगिताबाट धरानको फुटबल खेलको विकास भएको पाइन्छ । गोधुली पश्चात शुरु भएको मोफसलकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन भएको बुढासुब्बा गोल्डकप पनि दुई दशकभन्दा लामो समय भइसकेको छ । क्लबले आफ्नो बलबुताले भ्याएस
बराहक्षेत्र/ प्रथम वराह नकआउट फुटबल प्रतियोगिताको उदघाटन खेलमा सप्तकोसी फुटबल क्लब देविघाट बिजयी भएको छ ।वराहक्षेत्र २ स्थित स्थानीय बाईस बिघे खेल मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत चतरा फुटवल क्लव चतरालाई २–१ को अन्तरले पराजित गर्दै सप्तकोसी फुटवल क्लव प्रतियोगिताको अघिल्लो चतरणमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिको हाफको २६ औं मिनेटमा सप्तकोसीले अग्रता लिएको थियो । सप्तकोसीका लागि भिम बिकले पहिलो गोल गरेका थिए भने पहिलो हाफकै ३० औं मिनेटमा सप्तकोसीले पुनः गोल गर्दै चतरा बिरुद्ध २–० ले अग्रता लिएको थियो । दोस्रो गोल राम शाहीले गरेका थिए ।
बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा प्रथम वराह नकआउट क्लव स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । हाटखोटा फुटवल क्लबको आयोजनामा प्रथम वराह नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । मसिंर २३ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल चतरा फुटबल क्लब चतरा र सप्तकोसी फुटबल क्लब देविघाट बिच हुने आयोजकले जानकारी दिएको छ । आयोजक क्लबका सचिव रोहित साहका अनुसार प्रतियोगितामा सुनसरी जिल्लाका १० वटा फुटबल क्लवले सहभागिता जनाउने छन् । आयोजक हाटखोला रातो, आयोजक निलो, राजावास फुटवल क्लव राजावास, चतरा फुटबल क्लब चतरा, सप्तकोसी फुटवल क्लव देबिघाट, ग्रिन कल्चर फुटवल क्लब चक्रघट्टि, पञ्
धरान । अध्ययनसँगै शारीरिक स्फुुर्ती कायम गर्न आवश्यक रहेको भन्दै पूर्वाञ्चल इन्जिनियरीङ क्याम्पस धरानमा विभिन्न विषयमा अध्यनरत विद्यार्थीहरुले खेलकुद कार्यक्रम आयोजना गर्ने गरेका छन् । प्राविधिक ज्ञान अध्ययन हुने कलेजमा मानसिकसँगै शारीरिक व्यायामको समेत आवश्यकता महसुस गरी समय समयमा त्यहा अध्ययनरत विद्यार्थीहरुले खेलकुदका कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । यसै क्रममा कलेजमा अध्ययनरत आर्किटेचर फ्याकल्टीमा अध्ययनरत विद्यार्थीहरुले सोमबारदेखि फ्याकल्टीकै विद्यार्थी र कलेजको (विभागिय प्रमुख)एचओडी, तथा प्राध्यापकहरु समावेश गरेर ‘होम मेकर आर्किलिग फुटबल प्रतियागिता’को आयोजना गर्ने भएक
इलाम/ इलामको माङसेबुङमा संचालित १४ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद समितिले चुमेको छ । शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि सडेन डेथको आधारमा विजेता निर्धारण भएको थियो । यता माङसेबुङले भने सुरुदेखि नै रक्षात्मक खेलेको थियो । माङसेबुङका गोलरक्षक आयुस लिम्बूले रेडकार्ड पाएर बाहिरिएपछि रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो । निर्धारित समयसम्म खे
धरान/ तेस्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रदेश एकले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा दुई स्वर्ण, तीन रजत र दुई कास्य पदकसहित प्रदेश एकले तेस्रो स्थान प्राप्त गरेको टिम म्यानेजर सूर्य दङ्गालले जानकारी दिए । प्रतियोगितामा महिलातर्पm ३३ केजी तौल समूहमा अनिशा राई तथा पुरुषतर्फ ४५ केजी तौल समूहमा सुसन थापाले स्वर्ण पदक प्राप्त गरेका छन् । यस्तै, महिलातर्फ ४६ केजी तौल समूहमा आस्मा राई र पुरुषतर्फ ५० केजी तौल समूहमा रोहित राई तथा ५४ केजी तौल समूहमा जगधन राईले रजत पदक प्राप्त गरेका छन् । यसै गरी, पुरुषतर्पm २७ केजी तौल समूहमा सृजन पौडेल र ३३ केजी समूहमा स