दोस्रो असोक स्मृति बास्केटवलको उपाधि हाम्रो कलेक्सनलाई

  • फागुन १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीरहरु विकास चाम्लिङ राई

धरान/ दोस्रो असोक स्मृति बास्केटवल प्रतियोगिताको उपाधि हाम्रो कलेक्ससन टिमले चुमेको छ । आइतवार भएको फाइनल खेलमा हाम्रो कलेक्सनले व्रदस टिमलाई ५७ – ४७ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । विजेता हाम्रो कलेक्सनले उपाधि संगै नगद पच्पन्न हजार ५ सय ५५ रुपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरि उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

फाइनल खेलको डिमाण्डु म्यान अफ द म्याच व्रदसका सर्वोधन राई घोषित भएका थिए । खेलको उत्कृष्ट खेलाडि हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनले फाइनल खेलमा टिमलाई जिताउन व्यक्तिगत २० अंक जोडेका थिए । डिमाण्डु म्यान अफ द म्याच सर्वोधनले नगद तिन हजार, ट्रफि, कफि पव एण्ड रेष्टोका ५ सय रुपैया वरावरको फुड भौचर र प्रमाण पत्र प्राप्त गरेका छन । त्यस्तै गरि उत्कृष्ट खेलाडि हेमन्तले नगद ४ हजार , बास्केटवल जुतmा, कफि पव एण्ड रेष्टोका ५ सय रुपैया वरावरको फुड भौचर, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन । उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष सोनु मण्डल, प्रमुख अतिथि वाड नं १८का वडाध्यक्ष प्रविण राई, विशेष अतिथि दिवंगत अशोक वास्फोरका श्रीमति इन्द्रावति वास्फोर, नेपाल बास्केटवल संघका के। उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला अध्यक्ष नारायण सुवेदि, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

20220228_110138 20220228_110416 20220228_110450

 

अत्यन्त्य प्रतिश्पर्धात्मक भएको फाइनल खेलमा हाम्रो कलेक्सन र व्रदसले प्रत्येक क्वाटरमा क्रमशः ३–१४, २१–१३, १०–८ र २३–१२ अंक जोडेका थिए । होम एण्ड अवेको आधारमा वेस्ट अफ र्थी खेलाइएको सेमिफाइनलमा व्रदसले यलम्वर लाई र हाम्रो कलेक्सनले तरहरालाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन ।
त्यस्तै गरि सोहि दिन विहान संपन्न भएको टु पोइन्ट ओ र्थी पोइन्ट कम्पिटिशनको उपाधि यलम्वर क्लवका दिवस राईले जितेका छन । उनिले एक मिनटमा ७ वटा र्थी पोइन्ट वास्केट गर्दै उपाधि जितेका हुन । उनले नगद तिन हजार रुपैया, ट्रफि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरे ।

फागुन ८ देखि १४ गते सम्म संपन्न प्रतियोगितामा धरान , तरहरा, झापा र वेलवारीका गरि दश टिमले सहभागिता जनाएको थियो । सहभागि टिमहरुमा आयोजक डायनामिक युथ क्लव, व्रदस, युवा जागृति, होराइजन, यलम्वर, हाम्रो कलेक्सन, मिराकल, वेलवारी , तरहरा र झापा रहेको थियो ।
लिगकम नकआउटको आधारमा संपन्न भएको प्रतियोगितामा प्रविधिक सहयोग धरान र सुनसरी बास्केटवल संघको रहेको थियो ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved